• ओम आचार्य

     

    प्रधानमन्त्रीबाट पौष ५गते संसद विघटन भएपछी नेपाली राजनीतिमा धेरै तरंगहरु आएकाछन। यौटा पोखरीमा कुनै ठोस वस्तु फ्याक्दा आउने तरंग जस्तै कति भारको कति वजनको वस्तु पोखरीमा फ्यकिएको छ त्यतिनै तरंग पोखरीमा आउने हो र बड़ी बजनको वस्तु पोखरीमा फ्याक्दा पोखरीको पानी पोखरीबाट विस्थापित हुनुको साथै पोखरीमा भएका माछाहरु समेत किनारामा आउने सम्म हुन सक्छ र ति माछाहरुले जीवन समेत गुमाउने अवस्था आउछ । अहिले ठिक त्यही अवस्था अहिले ठिक त्यही परिस्थिति संसद विघटनले हाम्रो संविधान माथि देखिन्दै छ । 

     २०७२ सालको भुकम्प पछी आइरहेको परकम्पले हामीलाइ भय डर र त्रास उत्पन्न गरे जस्तै अहिले संसद विघटन पछी संविधान माथि विघटनको पराकम्पहरु अहिले अन्य राजनीतिक दलहरुले र आम जनताले पराकम्पको अनुमान महशुस गर्न थालेका छन  पछिल्लो पटक सरकारबाट संसद विघटन पछी संवैधानिक आयोगहरुमा गरेका नियुक्तिनै संसद विघटन पछीको पराकम्प हुन यस्तो भाव यस्तो विचार राखेको देखिन्छ र यसरी विघटनको पराकम्प देखिन अनुभव गर्न थालिएको छ ।

     नेकपा माओवादी र एमालेको पाटी एकिकरण हुदै गर्दा नेपाली राजनीतिमा यि दुइ फरक केमेस्ट्रीको मिलनले भविस्यमा गएर कुनै दुर्घटना यि दुइ पाटीमा हुन्छ भन्ने मानसिकता नेपाली राजनीतिमा भएकै हो तर त्यो दुर्घटना हाम्रा सहिदहरुको रगत र पसिनाबाट सृर्जित निर्मित यो संविधाननै धरापमा आउछ भन्ने चै लागेको नभएपनि कम्युनिस्ट सरकार भएपछी कुनै पनि वेला कुनै पनि समय लोकतन्त्र नागरिक हक़ अधिकारमा आक्रमण गर्छन भन्ने भएकै हो ।

     अहिलेको संसद विघटन पछी सरकारबादी पाटीको आन्तरिक कलहमा एक अर्कालाइ सिध्याउदै रणनीतिले प्रचण्ड र माधव नेपाललाइ सिध्याउन प्रधानमन्त्री जसरी प्रस्तुत भएकाछन त्यसरी नै प्रचण्ड र माधव नेपाल प्रस्तुत भएका छन यिनिहरुको द्वन्दले नै मुलुक नराम्रो मोड़मा पुगेको छ । संविधान नै धरापमा यिनिहरुको द्वन्दले पुगेको छ । 

    प्रधानमन्त्रि आफ्नो प्रतिरक्षा हदै सम्म जानसक्ने उन्को विचार र अभिव्यक्तिले वताएको छ र यो हदै सम्म जाने उन्को शैली ,उन्को स्वभाव र उन्को जवरजस्ती पन ले प्रकट गरेको छ। संसद विघटन पछी प्रधानमन्त्रीले संविधान माथि अरु असबैधानिक कदम चाल्न सक्ने सम्भावनाहरु अहिले राजनीतिक चर्चा ,बहस र सम्वादहरु सामाजिक सन्जालमा आएका मात्र छैन त्यस्तो सम्भावनाहरु अन्य राजनीतिक दलका नेताहरु नागरिक समाजहरु र जनतामा समेत अनुमान गरेका छन।

     संसद विघटन पछी नेपालको संविधानमा असंबैधानिक कदम र निर्णयहरु हुन सक्ने सम्भावना व्यक्त गर्दै विघटन पछी संविधान धरापमा परेको पराकम्पको अनुभवले  गर्न थालिएको छ त्यो पराकम्प कहिले हिन्दु राष्ट्रको घोषणा गन?र्छ त कहिले संघियतानै खारेज गर्छन त कहिले राजावादीहरुलाइ मार्ग प्रसस्त गर्छ भन्ने सम्मका कुराले विघटन पछीका पराकम्प हो भनेर लिन थालिएको छ ।अव आएर सामाजिक संन्जालमा लगाइन्दै गरेको अंकुश संसद विघटन पछीको अर्को खतरनाक विघटन पछीको पराकम्प हो ।

    संसद विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाइ दिएको छैन भनेर संविधान सभा सदस्यहरु र नागरिक समाज र कानुन व्यवसायीहरु ले भनिरहेको अवस्थामा त्यो संसद विघटन मुध्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अहिले संसद पुनर्स्थापना हुनु पर्छ भनेर सडक आन्दोलन चलिरहेको छ र काग्रेस पनि पुनर्स्थापना हुनुपर्छ भनेर यो असंबैधानिक कदमको विरोध गर्दै आएको छ ।

     पंचायत कालमा वहुदल र निर्दलको विसयमा जनमत लिदा बहुदलको पराजय हुदा धाँधली भयो भनेर सडक आन्दोलन हुदा वि पी केइरालाले जनमतको कदर गर्दै परिणामलाइ स्विकार्नु भयो र सडक आन्दोलन एकाएक रोकियो। काग्रेस यस्तो पाटी हो भोली अदालतको फ़ैसला जे हुन्छ त्यो स्विकार्छ किनभने यो कानुनी राज्यको अवधारणा मान्छ तर अदालतको निर्णय नआउन्जेल पुनर्स्थापना को लागी अंसबैधानिक कदमको विरुध्द गएर संविधानको रक्षामा आन्दोलनमा जानु पनि उस्को कर्तव्य हो। 

     सर्वोच्च अदालतले कथंकदाचित भोली निर्वाचनमा जाने फ़ैसला गर्यो भने प्रधानमन्त्रीबाट घोषणा गरेको मीतिमा निर्वाचन हुने सम्भावना देखिन्न्दैन र निर्धारित मीतिमा निर्वाचन नभए पछी मुलुक झन संकटपूर्ण अवस्थामा पुक्छ र त्यतिखेर अहिले सम्भावना देखिन्दै गरेको र अनुमान गरिन्दै गरेको संकटकाल घोषणा हुन सक्छ र यस्तो अवस्थामा अझ वडी अझ टडकारो के देखिन्छ भने संसद विघटन पछी संविधानमा अरु विघटनका पराकम्पहरु आउने छन त्यो पराकम्पले संविधान मात्रै अपठ्यारोमा पर्दैन हाम्रो जीवन शैली हाम्रो व्यवस्था र आपसी सदभाव समेत त्यो पराकम्पले ग्रसित गर्छ र हामी फेरी कति वर्ष पछी धकेलिन्छौ पुर्वअवस्थामा आउन हामी चाहान्छौ की चाहान्दैनौ त्यो भविस्यले वताउला ।

    विघटन पछी संविधानमा आएका पराकम्पहरुले नेपालको राजनीति मात्र विक्षिप्त अवस्थामा पुक्दैन यस्ले वर्तमान व्यवस्थामा समेत प्रतिकुल अवस्था सृर्जना गर्छ । प्रतिकुल अवस्थाले संविधान त धरापमा पर्ने देखि लिएर यस्ले हाम्रो जीवन शैली हाम्रो सदभाव र हाम्रो अर्थात जनताको सार्वभौम समेतमा धमिलो र अध्यारो प्रभाव पर्न सक्छ । अत यि सबैको उपचार भनेकै अहिले संसद पुनर्स्थापना नै हो ।

     

     

सम्वन्धित समाचार

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …

इलाम । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्…

मोरङ । पहिचान आन्दोलनको सहिद पदमकुमार लिम्बू (लाजेहाङ)ं परिवारलाई वार्ताको सहमति अनुसार प्रदेश सरकारले …