• चितवन । माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आज आइतवार आगलागी हुँदा जलेर नष्ट भएको हो ।

    स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उनले बताए । गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो ।

    आगलागीबाट मानवीय क्षति भएको छैन । एउटा बाख्रा जलेर मरेको थापाले जानकारी दिए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।

    गर्मी मौसमको शरुवात आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …