• काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन् ।

    सर्वोच्चको फैसलालगत्तै बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाअनुसार छिटै एमालेको बैठक बोलाइने जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परेमा आफूले विश्वासको मतसमेत लिएर देखाउने बताए ।

    केही दिनभित्रै एमाले दलको बैठक बसेर नया राजनीतिक कोर्सबारे उपयुक्त निर्णय लिइने ओलीले स्पष्ट पारे ।

    सर्वोच्चको फैसलापश्चात् प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अदालतको फैसला आफूहरूले मान्ने र कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापश्चात् नेकपा ओली समूह खुसी देखिन्छ । तर, नेकपा दाहाल–नेपाल समूह अदालतको फैसलाले असन्तुष्ट देखिएको छ ।

    नेकपा ओली समूहका स्थायी कमिटीका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले पार्टीहरूलाई पूर्ववत् अवस्थामा पु¥याएको बताएका छन् । फैसलाले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताका लागि ढोका खुलेको प्रतिक्रिया ज्ञवालीले दिएका छन् ।

    नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई ब्युत्याएर यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरेका छन् ।

    यता नेकपा दाहाल–नेपाल समूहले सोमबार पछिल्लो राजनीतिबारे थप रणनीति बनाउन सोमबार स्थायी कमिटीको बैठक बोलाएको छ । सिंहदरबारमा दाहाल र नेपालले कानुन व्यवसायीसँग छलफल गर्दै अगामी रणनीतिबारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो । राजधानीबाट ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…