• काठमाडौं २४ फागुन– माधवकुमार नेपाल समूह अन्ततः नेकपा एमालेमै फर्कने भएको छ ।

    सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणबाट बनेको नेकपा खारेज गरेपछि उत्पन्न जटिल परिस्थितिलाई कारण देखाउँदै नेपाल समूह एमालेमै समाहित हुने भएको हो । सर्वोच्चले आइतबार मात्र ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने निर्णय गर्दै एमाले–माओवादी एकता खारेज गरिदिएको थियो ।

    एमाले केन्द्रीय समिति र संसदीय दलमा केपी ओली आरामदायी बहुमतको अवस्थामा छन् । जिल्ला समितिहरुमा भने नेपाल समूह हाबी छ । ७७ मध्ये ४७ जिल्ला समिति अध्यक्षमा नेपाल समूहका नेता छन् ।

    पुष्पकमल दाहाल प्रचण्डसँगै माओवादी केन्द्रमा रहँदा संघीय सांसद, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि सबैको राजकीय हैसियत गुम्ने र वैधता सकिने भएकाले आफूहरु एमालेमै रहेर केपी ओली प्रवृत्तिविरुद्ध जुध्ने मनस्थितिमा पुगेको नेता नेपाल निकट एक केन्द्रीय सदस्यले काठमाण्डुटुडेलाई बताए ।

    ‘हामीले धेरै कोणबाट सोच्यौं, हाम्रा अगाडि नेकपा एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध जुध्नुको विकल्प रहेन’, ती नेताले काठमाण्डुटुडेसँग भने, ‘लेनिनले भन्नुभएजस्तै हामी दुई पाइला पछाडि, एक पाइला अगाडिको नीतिअनुसार हालका लागि एमालेमै रहन्छौं ।’

    उनले अर्को निर्वाचनसम्म अलग पार्टीमै रहेर मुलुक र राष्टमुलुक र राष्ट्रका समस्या समाधानका लागि सहकार्य गर्ने र आगामी निर्वाचनमा सम्भव भए पार्टी एकता र नभए प्रचण्डसँग चुनावी तालमेल गर्ने उनले बताए ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…