• काठमाडौँ- नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूले मान्ने निष्कर्ष निकालेको माधवकुमार नेपाल पक्षले पुष्पकमल दाहाल पक्षलाई केपी शर्मा ओली पक्षसँग मिलेर अघि बढ्न सुझाव दिएको छ।

    सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिएको हो।

    नेपाल पक्षका नेता रघुजी पन्तले भने,‘ सर्वोच्च अदालतको फैसला अलि बढी राजनीतिक प्रकृतिको भयो भन्ने छ। तर हामीले फैसला मान्नै पर्छ। अब पार्टी एकता जोगाउन प्रचण्ड पक्षलाई ओली पक्षसँग मिल्न सुझाव दिएका छौँ।’

    उनले पार्टी एकता संविधान, लोकतन्त्र रक्षका निम्ति पार्टी एकता महत्वपूर्ण भएको हुँदा त्यो जोगिने सम्भावना अझै रहेकाले ओली र प्रचण्ड मिल्नुपर्ने बताए।

    नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो। स्थायी कमिटी बैठक जारी छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…