• उर्लाबारी - सोमबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले उर्लाबारी च्याउ ब्लकलाई दुई वटा गाडी हस्तान्तरण गरेका छन । गाडी प्राप्त पश्चात नगरमा रहेका  उद्योगले उत्पादन गरेका च्याउ सहितका अन्य सामाग्रीको ढुवानीमा सहजीकरण भएको ब्ल्कका पदाधिकारीहरुले बताएका छन ।

     प्रधानमंन्त्री कृषी आधुनिकीकरण परियोजना अन्र्तगत ५० प्रतिशतमा खरिद गरीएका महिन्द्रा कंम्पनीका गाडी हस्तान्तरण गर्दै नगर प्रमुख फागोले कृषी उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने कृषक समुहलाई सकृयताका साथ कार्य गर्न अनुरोध गरेका छन ।

     उर्लाबारी च्याउ ब्लक समितिद्धारा आयोजित उक्त कार्यक्रममा परियोजनाबाट प्राप्त १३ लाख ५५ हजारमा समितिले १८ लाख ४५ हजार थप गरी ३२ लाखको लागतमा ति सवारी खरिद गरीएको हो ।

     समितिका अध्यक्ष नरबहादुर मोक्तानको  अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख फागो सहित वडाध्यक्ष बिरबल थापा, कृषी ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराव सहितका वक्ताहरुले प्राप्त गाडीलाई सदुपयोग गरी सवै कृषकको हितमा प्रयोग गर्न सुझाव गरेका छन । उक्त समितिले गत आर्थीक बर्ष सोही परियोजना अन्र्तगत ६६ लाख १८ हजार ४ सय रुपया“ बरावरको सामाग्री च्याउ उत्पादन गर्ने स्थानिय उद्योगहरुलाई वितरण गरेको थियो ।प्राइम एफ.एम

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…