• उर्लावारी-३ मंगलबारेमा रहेको न्यु भिजन मोबाइल सेन्टरमा आगलागी भएको छ । 
    बिगत १० बर्ष अगाडि देखि ब्याबसाय गर्दै आएका स्थानिय दिनेश परियारको पसलमा आगलागी भएको हो ।
    सोमबार साझ भएको आगलागीबाट अन्दाजी २५ लाख रुपैया बराबरको क्षती ब्याबसायी परियारको भनाइ छ ।
    परियारका अनुसार पसलमा रहेका सम्पुर्ण मोबाइल र मोबाइलमा प्रयोग हुने सामान जल्नुका साथै  ११ वटा ल्यापटप जलेर नष्ट भएका छन् । 
    साथै पसलमा रहेको नगद ३ लाख  रुपैया मध्ये १ लाख रुपैया मात्र झिक्न पाएको उनले बताए  । 
    साझ पख पसल बन्द गरेर हिडेका परियारको पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । 
    स्थानिय दिनेश भण्डारीको पक्की घरमा पसल गर्दै आएका परियारको आगलागी बाट सम्पुर्ण सामान जलेर नष्ट हुनुका साथै भण्डारीको घरमा आङ्सिक क्षती भएको अस्थाई प्रहरी चौकी मंगलबारेले जनाएको छ । 
    साझ पख लागेको आगोलाई स्थानीय बासी, प्रहरी र बेलबारी, कानेपोखरी, दमकको वारुण  यन्त्रको सहयोगमा १ घण्टामा  नियन्त्रणमा लिइएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …