• नेकपा एमालेमा माधव नेपाल समूह समानन्तर संगठन निर्माणतर्फ अघि बढेको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी एकलौटी ढंगले माथिदेखि तलसम्मका कमिटीहरु बनाउन थालेपछि नेपाल समूहले समानान्तर गतिविधि अघि बढाएको हो।

    प्रधानमन्त्री ओलीले एकापक्षीय भेला गरे कारवाही गर्ने उर्दी जारी गरे पनि नेपाल समूहले बुधबारदेखि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ। 

    भेलामा केन्द्रदेखि गाउँटोलसम्म समानान्तर संगठन निर्माण गर्ने कार्ययोजना तय गर्न समूहगत छलफल चलिरहेको छ।

    मोरङको एमाले राजनीतिमा महत्वपूर्ण प्रभाव राख्ने रतुवामाईमा फ्रन्टलाइनका सबै नेता कार्यकर्ताहरु ओली र नेपाल समूहमा खुलिसकेका छन्।

    तत्कालीन नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोख्रेल ओली समूहका जिल्ला अध्यक्ष भएका छन् भने पूर्व एमाले जिल्ला उपाध्यक्ष एवं नेकपा प्रदेश कमिटी सदस्य चन्द्रबीर राई नेपाल समूहको समानान्तर संगठन निर्माणमा जुटेका छन्।

    राईसहित नेकपा प्रदेश सल्लाहकार कमिटी सदस्य डिबी कार्की र जिल्ला कमिटी सदस्य मेघराज कट्टेल नेपाल समुहको भेलामा सहभागी हुन काठमाडौं पुगेका छन्। 

    केन्द्रीय लेखा आयोग सदस्य मालती सुब्बा, जिल्ला कमिटी सदस्यहरु शिवनारायण राजबंशी, दुर्गा बिष्ट, पुर्व जिल्ला कमिटी सदस्य टीकेन्द्रबहादुर पोमु, पुर्व क्षेत्रीय कमिटी अध्यक्ष विश्वनाथ राय र प्रवास कमिटी दक्षिण कोरियाका सदस्य ठागेंद्र न्यौपाने नेपाल समूहको संगठन निर्माणमा लागेका छन्।

    त्यसैगरी वडा अध्यक्ष टंक ढकाल, पुर्व इटहरा गाबिस उपाध्यक्ष दामोदर सिग्देल, पुर्व वडा अध्यक्ष हरि राई, पूर्व इटहरा गाउँ कमिटी अध्यक्ष देबेन्द्र राई, विभिन्न कमिटीमा रहेका चन्द्र पराजुली, घनश्याम राजबंशी, प्रेमलाल दास, भिम लुइँटेललगायतका स्थानिय नेताहरु नेपाल समुहमा लागेका छन।

    उता, उपमेयर दमयन्ता चुडाल, जिल्ला कमिटी सदस्यद्वय रुपनारायण मिश्र र गोपी चापागाईं, पुर्व एमाले इटहरा गाउँ कमिटी अध्यक्ष शान्तिराम बराल, विभिन्न कमिटीमा रहेका खगेन्द्र राई, एकनारायण चौलागाई, देवीलाल ताजपुरिया, वडा अध्यक्ष तुलाराम लुइँटेललगायत ओली समूहमा सकृय भएका छन्।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…