• उर्लाबारी । सुस्त मनस्थितिकी एक बालिकालाई मोरङको उर्लाबारीमा निर्घात कुटपिट गरिएको छ ।


    मंगलबार बेलुका ७ बजे लेनदेनको विषयलाई लिएर उर्लाबारी–७ की गोमा श्रेष्ठ र कल्पना श्रेष्ठले १४ बर्षीया बालिका रस्मी बस्नेतलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिका बस्नेतको खुट्टा भाँचिएको छ । उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ । लेनदेनको विषयमा बालिकाकी आमा मिनादेवी बस्नेत र घरधनीसमेत रहनु भएकी गोमा श्रेष्ठसँग विवाद भएको थियो ।

    सोही क्रममा घरधनी गोमा र उहाँकी दिदी कल्पना मिलेर आफु र सुस्त मनस्थितिकी छोरीलाई निर्घात कुटपिट गरेको मिनादेबीले बताउनुभयो । कुटपिटबाट छोरी रस्मीको खुट्टा भाँचिएको उहाँले जानकारी दिनुभयो । सुस्त मनस्थितिकी छोरीलाई मार्ने उद्देश्यले धम्कीसहित निर्घात कुटपिट गरेकाले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेपनि मुद्दा दर्ता नगरेको पीडित पक्षले जनाएको छ । मिलापत्र गर्नसमेत महिला नेतृहरुले दबाब दिएको उहाँले खुलाउनुभयो । प्रहरी प्रशासनले मुद्दा दर्ता नगरे माथिल्लो निकायमा न्यायका लागि जाने उहाँले बताउनुभयो । उहाँले पैसाको आडमा घटना मिलाउन खोजिएको भन्दै न्यायका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।


    घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिनुभयो । उहाँले कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको र अभद्र तथा अंगभग मुद्दा चलाइने बताउनुभयो ।

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…