• काठमाडौं । विपक्षी एमालेका नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको दाबी गरेका छन् । आइतबार काठमाडौंको जिल्लाको समानान्तर कमिटी घोषणा सभामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘कानूनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,’ नेता नेपालले भने, ‘कानूनले नदिए अरु उपाय पनि खोजौँला ।’

    यस्तै नेता नेपालले आफूहरु निलम्बित नेता नभएको जिकिर गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट फाले पनि आफू नफालिने बताए । ‘अरुले फालेपनि हामी आफू फालिन्नौँ,’ नेता नेपालले भनेका छन् ।

    ओलीले नवौं महाधिवेशनमा जालझेल र षड्यन्त्र गरेर अध्यक्ष जितेको आरोप लगाउँदै नेता नेपालले ओलीले फूर्ति लाइरहेको बताए । यस्तै नेता नेपालले ओली अल्पमतमा परेको बताए । उनले भने– ‘केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा छन् । हामी झुक्दैनौँ ।’

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…