• काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यही अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने बताएका हुन् ।

    २०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी अभिव्यक्ति दिएको सुनाउँदै कँडेलले भने, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्। त्यसपछि अगाडि बढ्न सक्दैन ।’

    वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेमा नलिएको भन्दै उनले प्रश्न समेत उठाए । ‘हिजो नेकपाले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । उहाँले समर्थन फिर्ता लेऊ भन्‍न पाउनुहुन्न । उहाँले विश्वासको मत लिनुपर्छ’ कँडेलले भने ।

    संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…