• काठमाडौं । नेकपा एमालेका दुईजना नेताले माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

    वागमती प्रदेशसभा सदस्य समेत रहेका डा। रामकुमार अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले संयुक्त विज्ञप्तिमार्फत समानान्तर कमिटीमा नाम राखिएकोमा असहमति जनाएका हुन् ।

    धादिङबाट २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित घले र २०७४ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारी नेकपा विभाजनको बेला प्रचण्ड(माधव पक्षमा थिए ।

    मंगलवार घोषणा भएको माधव नेपाल पक्षको प्रदेश कमिटीमा घले र अधिकारीलाई पनि सदस्य राखिएको छ । उनीहरु दुवैजनाले समानान्तर कमिटी गठन गरि एमालेलाई कमजोर पार्ने गतिविधिप्रति आपत्ति रहेको जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ–विभिन्न सामाजिक सञ्चालमार्फत आएको जस्तो नेकपा एमाले वागमती प्रदेश कमिटीको समानान्तर कमिटीमा हामी दुईजना समेत सदस्य रहेको भन्ने सुन्नमा आएकाले उक्त प्रदेश कमिटीमा हामी नरहेको नभएको व्यहोरा जानकारी गर्दछौं ।

    विज्ञप्ति पार्टी एकता जोगाउन पर्नेमा समानान्तर कमिटी गठन गर्ने जस्तो अनौठो निर्णयप्रति असहमति जनाइएको छ । उनीहरुले यसलाई एमाले कमजोर पार्ने गतिविधि भनेका छन् ।

    एमाले जिल्ला कमिटी सदस्यले गरे बिद्रोह

    नेकपा एमाले कास्कीकाे माधब- झलनाथ समितिको जिल्ला सदस्य अस्विकर गर्दै जिल्ला सदस्य शिब प्रसाद सापकोटाले बिज्ञप्ती जारी गर्नु भयको छ |

    आफु निरन्तर कम्युनिस्ट आन्दोलनमा लागेको मानिस फुटगत मान्सिकता लाई सहयोग गर्न नसक्ने हुँदा यो पद अस्विकार गरेको छु उहाले बिज्ञप्तिमा लेखनु भयको छ

    उहा मादी गाउपालिका वडा नम्बर ४ को निर्बचित वडा सदस्य पनि हुनुहुन्छ

    हिजाे नेकपा एमाले माधब- झलनाथ कास्कीकाे भेला गरि नेकपा एमाले जिल्ला कमिटी सदस्य घाेषणा गरेकोमा मादी ४ का शिव प्रसाद सापकोटाले असहमति जनाउदै प्रेस बिज्ञप्ती प्रकासन गर्नु भयको हो /पाथिभरापोस्ट बाट 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…