• निर्माता माधव वाग्ले नयाँ चलचित्र ‘विवेक’ बनाउने तयारीमा जुटेका छन् । उनले यस अगाडी चलचित्र ‘हिमानी’को निर्माण घोषणा गरेका थिए । यो चलचित्र पोस्टपोन्ट गर्दै उनले ‘विवेक’ निर्माण तथा निर्देशन गर्न लागेका हुन् । यहि चलचित्रबाट उनी निर्देशनमा डेब्यू गर्दैछन् ।

    चलचित्रमा अभिनेता विपिन कार्की शिर्ष भुमिकामा देखिदैछन् । चलचित्रमा उनीसँगै अभिनेत्री स्वस्तिमा खड्का पनि अनुबन्धित भइसकेकी निर्माता वाग्लेले बताए । निर्माण टिम यतिबेला लोकेशन छनोटको लागि जनकपुर पुगेका छन् । मधेशको कथामा बन्ने चलचित्र जनकपुर र विरगञ्जमा छायांकन हुनेछ ।

    उनले चलचित्रका अन्य पात्रका लागि अडिसनबाट कलाकार छनोट गर्ने बताएका छन् । मधेशी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को जनकपुरधाममा अडिसन हुनेछ । लेकनाथ कोइरालाको लेखन रहेको चलचित्र नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…