• मोरङ । नेकपा (माओवादी केन्द्र)को शनिबार मोरङको पथरीशनिश्चरे नगर भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रम समापन भएको छ । 

    पथरी बहुमुखी क्याम्पसको हलमा भएको भेलाले चेतन दाहालको अध्यक्षतामा ८१ सदस्यीय नयाँ समिति पुनर गठन गरेको छ । समितिको उपाध्यक्षहरुमा राधिका गौतम, प्रेम ढकाल, बिजय चेम्जोङ, कमल हाङबाङ, सचिवमा मोहन लिम्बू, सहसचिवमा मान दियाली, रबिन राई, कोषाध्यक्षमा अनु राई, कार्यालय सदस्यहरुमा शुमन वनेम, गोबिन्द कटुवाल गरी ११ सदस्यीय कार्यालयसहित ८१ सदस्ययीय नगर समिति गठन गरेको छ । 

    समितिको इन्चार्जमा जिल्ला सदस्य दिनानाथ तिम्सिना, सह इन्चार्जमा बालकुमार मगर र बिशाल रहने बताइएको छ । जिल्ला सदस्य तथा नगर सचिव बालकुमार मगरको सभापतित्वमा भएको भेलामा तीन सय भन्दा बढी कार्यकर्ताहरु सहभागि भएका थिए । लामो समयपछि जनयुद्धकालीन कार्यकर्ताको भेटहुँदा हलमा उत्साह छाएको देखिन्थ्यो । 
    एमालेसँग एकता भएर नेकपा भएपछि निस्कृय रहेका कार्यकर्ता माओवादी केन्द्र पुनर गठन भएपछि पुःन सक्रिय हुन थालेको देखिन्छ । 

    वडा वडाबाट रिपोर्टिङ गर्ने क्रममा गाउँमा रहेका माओवादी कार्यकर्ता सक्रिय हुने प्रतिवद्धता ब्यक्त गर्दै सहि विचार र कार्यक्रम ल्याइए सफल बनाउन लागि पर्ने बताए । 

    कार्यक्रमा पूर्ब सञ्चार मन्त्री समेत रहेका पार्टी केन्द्रीय सदस्य केन्द्री सदस्य राम कार्की, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश ईन्चार्ज साबित्रीकुमार काफ्ले (समार), शिवकुमार मण्डल, राष्ट्रिय सभा सदस्य गोपी आच्छामी,   लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष मुक्साम मेयाङ्बो, जिल्ला सचिव गणेश उप्रेती, प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा लिम्बू, गीता तिम्सिना, संविधान सभाका सदस्य लालबहादुर मगर लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …