• इटहरी । वस पर्खेर बसेका इटहरी १ का भूर्व भारतीय सेना समेत रहेका कर्णबहादुर गुरुङको मृत्यु टिप्पर चालककै लापरवाहीले भएको छ । चालकको लापरवाहीकै कारण इटहरी वडा नं.१ स्थित आदर्श टोल गंगा मार्गका कर्णबहादुरले ज्यान गुमाउनु पर्यो ।

    टिप्पर ब्याक गर्ने क्रममा कर्णबहादुर गुरुङ्लाई टिप्परले शुरुवातमा ठक्कर दिएको र त्यसपछि ब्याक गरेर किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । स्थानीय पुष्प दंगालका अनुसार गुरुङ दमको रोगी भएकाले गर्दा औषधी लिन धरान जानका लागि सडक छेउमा बस पर्खेर बसेका थिए ।

    प्रदेश १–०२–००१ ख ८६६५ न. को मालबाहक टिप्परले रोकेर साईड लगाउन पछाडि सार्न खोज्दा शुरुवातमा ठक्कर दिएको र पछि ब्याक गरेर किच्दा पुरै क्षतविक्षत हुन पुगेको दंगालले बताए । हिजो देखि स्थानीयले सडक अबरुद्ध गरिरहेका छन । अहिले साझ सम्म पनि इटहरी चोक आसपास यातायात आवतजावतमा हुन सकेको छैन ।

    वडा नं. १ का कार्यबाहक वडाअध्यक्ष निश्चल पोखरेलले ब्याक गरेर किच्दा गुरुङको मृत्यु भएको बताउँछन । प्रहरीले पनि टिप्परले ब्याक गरेर किच्दा गुरुङ्को मृत्यु भएको पुष्टि गरेको छ । मृतक परिवारले पनि सामान्य दुर्घटनामा परेका गुरुङलाई जानी जानी किचेर मारेको निश्कर्ष निकालेको छ ।

    यसरी भयो दुर्घटना
    टिप्परमा क्रसरबाट बालुवा लिएर १९ का २९ वर्षीय अनिल चौधरी आँपगाछी सम्म आएका थिए । आँपगाछीमा निमार्णधीन घरमा बालुवा पुर्याउन हिडेका उनलाई घर थाहा थिएन । थाहा नभएको कारण सडक छेउमै उनले टिप्पर रोेकेर राखेका थिए ।

    केहि छिन सडक छेउमै बसे । त्यस पछि उनी टिप्पर वरीपरी हेदै फोनमा बोल्दै चालक सिटमा चडे । त्यती बेला सम्म टिप्पर पछाडि कर्णबहादुर आएको चालक चौधरीले चालनै पाएनन् ।टिप्पर ब्याक गर्दा कर्णबहादुरलाई ठक्कर दिईसकेको थियो उनी वालुवा लौजाने घरको घरपेटी सँगै बोल्न ब्यस्त थिए । त्यहाँ ठुलौ कोलाहल मच्चियो । तर चालक चौधरीले टिप्पर ब्याक गर्न छोडेनन् ।

    त्यती बेला सम्म गुरुङको शव क्षतविक्षत भईसकेको थियो । दुर्घटनामा परेको टिप्पर चालक चौधरीकै हो । गत असोजमा मात्र चौधरीको बुबा र भिनाजुको नाममा दुई वटा टिप्पर किनेका हुन । केहि समय अगाडी सम्म चालक चौधरी घर बनाउने मिस्त्री काम गर्थे ।

    मृतक गुरुङ पटक पटक बचाउ बचाउ भने तर....
    टिप्पर ब्याक गरेर गुरुङको मृत्यु हुदा आईतबार दिनको २ बजेर १५ मिनेट गएको थियो । औधषी लिन धरान हिडेका गुरुङलाई पहिलो पटक टिप्परले ठक्कर दिदा उनी सामान्य नै थिए ।सडकमा ठक्कर खाएर पल्टिएका उनले बचाउ बचाउ भनेर बारम्बार गुहारे,तर चालकले सुनेनन् । मलाई बचाउ केहि भएको छैन भन्दै उनी कराए तर फोनमा बोल्दै टिप्पर ब्याक गरिरहेका चालक चौधरीले निर्मम पूर्वक गुरुङलाई मारेरै छाडे प्रत्यक्षदर्शीहरुले भनेका छन ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…