• विराटनगर ।  अस्पताल र चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै मृतकका बालकका आफन्तले नोबेल मेडिकल कजेल एन्ड टिचिङ हस्पिटललाई कारबाहीको माग गरेका छन् । 
    सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले हस्पिटल र डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै कारबाहीको माग गरेका हुन् । नोबेलले २५ चैतमा इटहरी–१ आपँगाछीकी सरीता प्रधानको डेलिभरी गराउँदा भ्याकुमले बच्चा तानेको थियो । पटक–पटक भ्याकुमले तान्दा बच्चाको मृत्यु भएको भन्दै आफन्तले नोबेल हस्पिटल र उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका हुन् ।


    अस्पताल प्रशासनले आर्थिक प्रलोभनमा पारेर घटना मिलाउन खोजेको भएपनि आफूहरूले नमानेको मृतक बालकका आफन्तले बताएका छन् । तीन पटकसम्म वार्तामा बसिसकेको उनीहरूको भनाइ छ । ‘वार्ताका क्रममा हस्पिटलले सबै उपचार खर्च मिनाहा गरिदिने र एक लाख रुपैयाँ दिने भनेको छ’ सरीताका श्रीमान् मनिषले भने, ‘रकम लिएर कुनैपनि हालतमा मेलमिलाप गरिँदैन । प्रशासनले कानुनी प्रक्रियाअनुसार हस्पिटललाई कारबाही गर्नुपर्छ, न्यायका लागि अन्तिमसम्म पनि लागिरहने छौँ तर पैसामा घटनालाई मिलाउने काम गरिँदैन ।’ उपचारमा संलग्न डाक्टरको लाइसेन्स खारेज हुनुपर्ने उनीहरूले माग राखेका छन् ।

    इटहरी–१, आँपगाछीकी २६ वर्षीया सरीता नोबेलको प्रसूति विभागका चिकित्सकको सल्लाहअनुसार चैत २४ गते अस्पताल भर्ना भएकी थिइन । चैत २५ गते साँझसम्म डेलिभरी नभएपछि डाक्टरले भ्याकुमको सहायताले बच्चा निकाल्नु पर्छ भनेका थिए ।
     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …