• तनहुँ- नेकपा एमाले तनहुँका जिल्ला उपसचिव र युवा संघ नेपालका दुई जना केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल समूहलाई साथ नदिने घोषणा गर्नु भएको छ ।

    एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल, युवा संघका केन्द्रीय सदस्यहरू नारायण थापा र सुशील सिग्देलले माधव समूहलाई साथ नदिने घोषणा गर्नु भएको हो ।

    उहाँहरूले आज आफूहरू संस्थापन एमालेमै फर्किएको एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई जानकारीसमेत दिइसक्नुभएको छ ।

    देशभर समानान्तर कमिटी बनाउँदै हिँडेका नेपाल समूहलाई कार्यक्रमतले दिनहुँ साथ छाडिरहेका छन् ।

    युवा संघका पूर्वअध्यक्षसमेत रहनुभएका बस्नेत आज राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्‍याली तथा आमसभामा सम्बोधन गर्न तनहुँमा हुनुहुन्छ ।

    कार्यक्रममा आबुखैरेनी, डुम्रे, भिमाद, शुक्लागण्डकी लगायत स्थानबाट आएको मोटर साइकल र्‍यालीले दमौली बजार परिक्रमा गरेको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…