• तस्विर–हरि कोइराला

    मोरङ, चैत ३१ गते । मोरङको रतुवामाई नगरपालिकाले वडास्तरीय टी २० मेयर कप क्रिकेट प्रतियोगिता २०७७ को आयोजना गर्ने भएको छ ।

    मंगलबार नगर युवा तथा खेलकुद समितिले पत्रकार सम्मेलनको आयोजना गरि खेलसम्बन्धी जानकारी गराएको हो ।


    प्रतियोगितामा नगरका १० वटा वडाले प्रतिस्पर्धा गर्नेछन् । नगरको नौ लाख एक हजार रुपियाँ आर्थिक सहयोगमा हुने क्रिकेट प्रतियोगिताका विजेतालाई एक लाख रुपियाँसहित ट्रफी र उप विजेतालाई ५० हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ ।नगरको वार्ड नं.७ स्थित गढीझार क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न सात विधामा पुरस्कार दिइनेछ । यस्तै प्रत्येक खेलमा एकजनालाई म्यान अफ द म्याच सहित नगद ३ हजार र ट्रफी प्रदान गरिनेछ ।

    नगर युवा तथा खेलकुद समितिका अध्यक्ष मंगलसिंह चोङवाङले प्रतियोगिता वैशाख १० गतेसम्म सुरक्षा सावधानी अपनाएर आयोजना गरिने बताउनुभयो ।
    खेलकुद समितिका सदस्य सचिव – सुदीप जैसवालले भन्नुभयो –गत फागुन ४ गते समिति गठन भएपछि पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो । गतवर्ष मेयर कप फुटबल आयोजना गरेको नगरले हरेक वर्ष खेलकुदका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

     

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …