• काठमाडौं । तत्कालिन मओवादीले संचालन गरेको हिंसात्मक ‘जनयुध्द’ मा संलग्न पूर्व लडाकू नै त्यस दल सम्बध्द बहालवाला मन्त्रीलाई सुरक्षा चुनौति बनेको बुझिएको छ । जीउज्यान दिन तयार भएर लडेका तर नेताहरु पटक पटक सत्तामा पुगिसक्दा पनि कुनै सहायता नपाएर निराश बनेका ती पूर्व लडाकूले माओवादी मन्त्री र नेताहरुमाथि आक्रोश पोख्न थालेपछि सुरक्षामा कडाई गरिएको सुरक्षा सूत्रले बताएको छ ।

    हाल नेकपाका एक अध्यक्ष रहेका पुष्पकमल दाहाल निवासमा समेत सुरक्षा प्रवन्ध अपडेट गरिएको बताउँदै सुरक्षा सूत्रले माओवादी निकट मन्त्रीहरुका कार्यालयमा विशेष निगरानीको व्यवस्था गरिएको बताएको छ । दशक लामो ‘जनयुद्ध’मा करीब १७ हजार नेपालीको ज्यान गएको कुरा जगजाहेर छ । त्यही ‘जनयुद्ध’ समेतको दवावमा २५० वर्षे राजसंस्था ढल्यो । त्यही पार्टीका शीर्ष नेताहरु पुष्पकलम दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व समेत गरिसकेका छन् । उनीहरुकै तहका अर्का नेता कृष्णबहादुर महरा अहिले संघीय संसदको सभामुख छन् ।

    यता बृहत शान्ति सम्झौताम हस्ताक्षर भएयता करिब ३५ हजार लडाकुको छानवीन भयो र सानो संख्यामा ती लडाकू नेपाली सेनामा समावेश गरिए । तिनै लडाकूमध्येका अधिकांश राज्यकोषबाट जनही १० लाख बुझेर घर फर्किए । छानवीन गर्दा केही लडाकु ‘अयोग्य’ पनि पाईए । तिनै ‘अयोग्य’मा दरिएका ठूलो संख्याका पूर्व लडाकूले अहिले माओवादी मन्त्रीको सुरक्षामा ‘खतरा’उत्पन्न गरिदिएको सरकारी सुरक्षा सन्यन्त्रको बुझाई छ ।

    सुरक्षा सूत्रका अनुसार पूर्व लडाकुले विभिन्न माग राख्दै मन्त्रालय घेर्ने, मन्त्रालय परिसरमै बीष सेवन गर्ने घटना भएपछि यसरी सुरक्षा अत्यन्त कडा पारिएको हो । वन मन्त्री शक्तिबहादुर बस्नेतलाई आफ्नै गृह जिल्लाका एक पूर्व लडाकुले हातपात गरेपछि मन्त्रालय र निवासमा सुरक्षा प्रवन्ध अझ कसिलो पारिएको छ ।

    त्यसैगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा समेत सुरक्षा अत्यन्त कडा बनाईएको बुझिएको छ ।

    वन मन्त्री बस्नेतलाई गृह जिल्ला जाजरकोटकै एक पूर्व लडाकुले आफूलाई सहयोग नभएको भन्दै हातपात गरेका थिए । यो घटनापछि गृह मन्त्री रामबहादुर थापा, उर्जा मन्त्री बर्षमान पुन, कृषि मन्त्री चक्रपाणी खनाल, खानेपानी मन्त्री विना मगर र उद्योग मन्त्री मातृका यादव पनि त्रसित भएकोले उनीहरुको सुरक्षामा समेत आवश्यक हेरफेर गरिएको बताईएको छ ।

    पूर्व लडाकुले गृहमन्त्रालयमै वीष पिएको घटनापछि गृहमन्त्रालयको मुख्य प्रवेश द्वारबाट भित्र प्रवेश गर्न निकै कसिलो केरकारको सामना गर्नु परेको अनुभवी बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…