• कोल्हबी,बारा-बैशाख-२

    प्रदेश नम्बर-२ बाराका पत्रकार जियालाल चौधरी र उनको श्रीमती सुनिता चौधरी सोमबार साँझ मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन।जिल्लाको कोल्हवी नगरपालिका ७ पर्सौना बजार नजिकै टाटासुमोले चौधरीको मोटरसाईकललाई ठक्कर दिएको हो । साँझ सबा ६ बजे उनि चढेको प्लाटिना मोटरसाईकललाई ना १ ज ३६०६ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो ।

    घाइते पत्रकार चौधरीको अवस्था हाल खतरा मुक्त रहे पनि चौधरीको श्रीमतीको अवस्था भने अलिक नाजुक रहेको चौधरीको छोरो रन्जन चौधरीले जानकारी दिए।कोल्हवीको स्थानिय अस्पतालमा उपचार गराईरहेको बेला अवस्था गम्भीर देखिए पछि थप उपचारको लागी घाईते दुबै जनालाई तुरुन्त बिरगंज लगिएको छ ।

    जानकारी अनुसार चौधरी रक्सौलबाट घर फर्किरहेको बेला टाटासुमोले ठक्कर दिइएका हुन ।
    ठक्कर दिए लगतै चालक फरार हुन खोजीरहेको थियो तर स्थानीय बासिन्दाले चालकलाई समातेर राखे , हाल चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीको निम्ति आवश्यक सोधपुछ गरिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…