• असोज १० गते रिलिज हुने चलचित्र ‘रातो टिका निधारमा’को कलाकारलाई तीजको दर खुवाएका छन् । कलाकारले एक-अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान-प्रदान गरे ।बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा र निर्देशक शर्माललगायतले सिनेमाको अफिस परिसरमा तीजको आत्मियता साटे ।

    निर्देशक अशोक शर्माले आफ्नो निर्देशकीय चलचित्र‘रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माले बताए । सिनेमाको ट्रेलरमा हलमा रिलिज भैसकेको छ । भने, युट्युबमा मंगलबार आउने शर्माले जानकारी दिए । हलमा बजेको ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले बताएको छ ।

    वैदेशिक रोजगारको विषयमा तयार पारेको चलचित्रमा  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्मा साथसाथै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ र निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।

    ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रलाई  पुरुषोत्तम प्रधानको छायाँकन, मित्र डी गुरुङ्ग को सम्पादन रहेको छ  ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…