• काठमाडौं। नेपाल राष्ट्र बैंक अर्थात् राष्ट्रको ढुकुटी। तीन तहको सुरक्षाघेरा र तालाबन्दी। नेपाल राष्ट्र बैंककै कर्मचारीले राष्ट्रको ढुकुटी कसरी चोरी गरे? राष्ट्र बैंकभित्रै भएको एउटा चोरी घटनाको सिसिटिभी फुटेज नेपालन्युजलाई प्राप्त भएको छ।घटना राष्ट्र बैंकको विराटनगर कार्यालयमा भएको हो। नेपालन्युजलाई प्राप्त फुटेज र चोरीसम्बन्धी प्रतिवेदनले राष्ट्र बैंकका कर्मचारीको कर्तुत खुलेको हो।

    नोट कटिङ कोठाका कर्मचारीले बन्डलबाट नोट झिकेर लैजाने गरेको पत्ता लागेको छ।

    यसरी चोरियो राष्ट्र बैंकबाट पैसा – राष्ट्र बैंकको विशेष निरीक्षणको प्रतिवेदनअनुसार यो घटना २०७३ साल साउन १७ को हो।

    नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयको धुल्याउन तयार गरिएका नोट चोरी भएको थियो। नोट छनोेट समितिले अनुसन्धानका क्रममा नोट गणना गर्दा एक हजार रुपैयाँ दरका नोट एक प्याकेटमा तीन थान कमी पाएपछि छानबिन थालेको थियो।

    छानबिन क्रममा सिसिटिभी फुटेज हेर्दा कार्यालय सहयोगी मुनेश्वर डोमको गतिविधि शंकास्पद देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

    ‘डोमसँगको सोधपुछमा निजले नोट झिकेको स्वीकार गरेको तथा उक्त नोट बरामद भएकाले दोषीलाई आवश्यक कारबाही गर्न विराटनगर कार्यालयले जनशक्ति व्यवस्थापन विभागलाई पत्राचार गरेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसै सन्दर्भमा जनशक्ति व्यवस्थापन विभागको २०७३ साल साउन ३१ को पत्रानुसार आन्तरिक लेखापरीक्षण विभागलाई यसबारे विशेष निरीक्षण गर्न अनुरोध भइआएकाले यो विशेष निरीक्षण गरिएको छ।’

    राष्ट्र बैंकको विशेष निरीक्षण टोलीबाट राष्ट्र बैंक विराटनगर कार्यालयको ढुकुटी, नोट सर्टिङ, नोट कटिङ, खजाञ्चीको कार्यकक्ष आदि स्थलगत निरीक्षण एवं सिसिटिभी फुटेज अध्ययन, उपलब्ध कागजात र सम्बन्धित कर्मचारी, कर्मचारी संघ–संगठन, सुरक्षा समूह तथा व्यवस्थापनसँग छलफलपछि प्रतिवेदन तयार पारिएको थियो।

    भिडियो हेर्नुहोस:

    https://youtu.be/BMVmnTKAj0c

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…