• असोज ९, २०७६ बोस्टन : अमेरिकामा मंगलबार र बुधबार भएका दुई सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। पछिल्लो दुर्घटना बुधबार केन्टकीमा भएको हो भने अघिल्लो पेन्सलभेनियामा भएको हो।

    केन्टकी राज्यमा गाडीको ठक्करबाट एक नेपालबाट घुम्न आएका एक नेपालीको मृत्यु भएको हो। स्थानीय प्रहरीका अनुसार नेपालबाट घुम्न आएका विष्णुप्रसाद सापकोटा लेक्जिङ्गटन शहरमा दुर्घटनामा परेका हुन्।

    बुधबार बिहान घुम्न निस्केका सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा परेका थिए। बिहान ७ बजेर २० मिनेटमा दुर्घटनामा परेका उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

    पछि युनिभर्सिटी अफ केन्टकी अस्पतालमा मृत घोषित गरिएको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ। दुर्घटना हुँदा ५८ वर्षीय सापकोटा बाटो छेउ हिँडीरहेका थिए। दुर्घटनापछि बन्द गरिएको त्यस क्षेत्रको बाटो खुल्न करिब ३ घन्टा लागेको थियो।

    पारिवारिक स्रोतका अनुसार नेपाल बर्दिवास, महोत्तरी घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न आएका थिए। सँगै घुम्न निस्केकी उनकी घाइते श्रीमति विमला सापकोटाको हाल युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ।

    त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार कर्णबहादुर सुवेदी सडक दुर्घटनामा परेका हुन्। दुर्घटनामा घाइते कर्णबहादुर सुवेदीको उपचारको क्रममा मृत्यु भएको स्थानीय ल्यानकास्टर अनलाइनले जनाएको छ।

    सडक पार गर्ने क्रममा स्टोन मिल रोडमा मंगलबार दिउँसो १ बजेर ४४ मिनेटमा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका नेपाली–भाषी भूटानी सुवेदीलाई उपचारका लागि नजिकैको ल्यानकास्टर जनरल अस्पताल लगिएको थियो। ६१ वर्षीय सुवेदी डोगना भूटानमा जन्मिएका हुन्। उनी सन् २०१२ मा पुनर्वासका क्रममा सपरिवार अमेरिकामा आएका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…