• रंगेली । लक्ष्मी बैंकले मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा आफनो शाखा विस्तार गरी संचालनमा ल्याएकोे छ । आईतवार लक्ष्मी बैकले एक कार्यक्रमको आयोजना गरी रंगेली शाखाको उद्घाटन गरेको छ ।
    सो अवसरमा रंगेलीका मेयर दिलिप वगडीयाले पानसमा दिप प्रज्वलन तथा नरिवल फुटाएर शाखाको उद्घाटन गर्नुभएको थियो । शाखाले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको रंगेली शाखा प्रमुख अनिरोध श्रेष्ठेले जानकारी दिए ।

    रंगेली शाखाको विस्तार सहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११४ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
    शाखाको विस्तार सँगै बैंकले रंगेलीका ग्राहकहरुलाई बेकिङ्ग सेवा सहित इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन बैंकिङ्ग सेवा र एटिएम सेवा प्रादन थालेको छ ।
    बैंकले रंगेलीमा आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

    सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको प्रवाह गर्ने योजना राखेको छ । सो उद्घाटनको अवसरमा १ नं. प्रदेश क्षेत्रिय प्रमुख शम्भु राठी, चिफ रिटेल फाईनान्सीयल सर्भिस प्रमुख दिपेश अमात्य लगायतको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …