• कमल सिंह ठकुरी
    कार्तिक ३, २०७६ सुर्खेत : नेपाल शिक्षक संघ सिम्ता गाउँपालिका र नेपाल विद्यार्थी संघ सिम्ता गाउँपालिकाको आयोजनामा दिपावली, छटपर्व विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेतका उपसभापति टेक बहादुर सिंह, केन्द्रिय शिक्षक प्रतिनिधि भक्त बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचीव मोहन राना, नेपाली कांग्रेस सिम्ता गाउँपालिकाका सभापति राजेन्द्र सिंह, वडा नम्बर ४ बजेडिचौरका सभापति असोक केसि, वडा नम्बर २ काफलकोटका सभापति हरि बहादुर सिंह लगायतले मन्तव्य राखेका थिए।

    त्यस्तैगरी उक्त कार्यक्रममा नेकपा परित्याग गरि गंगा बिक, लाली राना, शुशिला परियार, र धर्म राना गरि ४ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन। नेपाल विद्यार्थी संघका नेता बिकि बादी र नेपाल महिला संघ सिम्ता गाउँपालिकाकि सदस्य बालकुमारी शर्माको सक्रियतामा नेपाली कांग्रेस प्रवेश गरेका हुन।

    नवप्रवेशी पाचौं जनालाई कार्यक्रमका प्रमुख अतिथि तथा सुर्खेत जिल्ला उपसभापती टेक बहादुर सिंह, क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचिव मोहन रानाले नेपाली कांग्रेस पार्टीमा स्वागत गरेको वडा नम्बर ७ काप्रीचौरका तरुणदल अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिए।

    बिकि बादिले संचालन गरेको कार्यक्रम शिक्षक संघ सिम्ता गाउँपालिकाका अध्यक्ष कर्ण राणाको सभापतित्वमा सम्पन्न भएको थियोे।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…