• पुष्कर खड्का / रामेछाप - नेपाल कम्युनिष्ट पार्टी रामेछापले जिल्लाको ६४ वटै वडा कमिटीलाई पूर्णता दिने काम अगाडि बढाएको छ । जिल्ला कमिटीले आठ वटै स्थानीय तहको कमिटीको अध्यक्ष, सचिव र पदाधिकारी टुंगो लगाउनुको साथै जिल्ला कार्यालयलाई समेत पूर्णता दिएको छ ।

    पार्टी एकीकरण भएको वीस महिनापछि नेकपाले पुरानै नेतृत्वलाई निरन्तरता दिने गरी एकता प्रक्रियाको काम अगाडि बढाएको छ ।पार्टीको सांगठानिक कामलाई पूर्णता दिनको लागि नेकपा रामेछापको आज जिल्ला कमिटीको बैठक सुरु भएको छ ।

    तीन नम्बर प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, जिल्ला इन्चार्ज र सह इन्चार्ज सहितको बैठकले एकताको बाँकी काम पूरा गर्न निर्णय लिने नेकपा रामेछापका सचिव शान्ति पौडेलले लिखु अनलाइनलाई जानकारी दिनुभयो ।यस अघि बसेको बैठकले आठ वटै स्थानीय तहको पदाधिकारी चयन गरेपनि गाउँ कमिटीमा रहने सदस्य र सचिवालयको टुंगो लगाउन सकेको छैन भने वडा कमिटीको नेतृत्व चयनको बारेमा निर्णय लिन सकेको छैन् ।

    सचिव पौडेलले भन्नुभयो,‘आगामी पुस दस गतेभित्र जिल्लाको सबै सांगठनाकि काम सम्पन्न गरी काम गछौं ।’ १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा अझै दुई जना थप्न बाँकी रहेको छ । जिल्ला कमिटीको बैठकले ४५ सदस्यीय सचिवालय टुंगो लगाउने सचिव पौडेलले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…