• उर्लाबारी । चर्चित गायक डम्बर नेपालीले आफ्नो गृह नगरमा गाउँबाशीलाई छमछमी नचाएका छन । तामाङ जातीहरुको महान पर्व सोनाम ल्होसारको अबसरमा आयोजित रात्रिकालिन सास्कृतिक कार्यक्रममा उनले आधा दर्जन गित गाएर चिसो मौसममा दर्सकलाई न्यानो पार्ने गरि नचाए । कार्यक्रमका प्रमुख आकर्षक रहेका नेपालीले जब स्टेज चढे , कार्यक्रमको माहोल एकाएक तातिएको तातियो, यत्रतत्र छरिएका दर्सकदिर्घा एकीकृत भै डम्बरको गितमा रमाए । आफनै गाउँमा प्रस्तुत हुन पाउँदा निक्कै खुशी लागेको छ, आयोजक प्रती धन्यवाद नदिरहन सक्दिन, उनने भने, अहोरात्र खटेर कार्यक्रम सम्पन्न गर्ने मेरा धेरै साथी भाइ हुनुहुन्छ, नाम लिदा कसैको छुट्न सक्छ सबैमा एकमुष्ट धन्यवाद छ ।

    ताली र हुटिङको माहोल सुरु भए सङै डम्बरले भने, अब नाच्ने हैन सबै जना ? दर्सक दिर्गाले हुन्छ भनेर जनाउ दिएपछी सुरु गरे, आफनो डान्सिङ नम्बर तिम्रो पाउजु बजेर थाहा पाए अरुले, मलाइ त कराए आफन्तहरुले ।

    दर्सक दिर्घा ननाच्ने कुरै भएन,स्याड सङ्स भएपनि डान्सिङ गित हो, पाउजु बजेर । तर आसय भावुक ।

    हुटिङ जारी छ डम्बरलाई त्यसै बखत अर्को गित पस्किए, कि यो जङ्गे रेलमा कि जङ्गे रेलमा ।

    बैगुनीको माया पनि सारै अनौठो, नपाउदा कस्तो कस्तो पाए पछि सस्तो
    त्यसैले त मेरो मन छैन टुंगोमा
    कि यो जङ्गे रेलमा कि यो जङ्गे रेलमा ।

    दर्सकहरु असिन पसिन हुने गरि नाचे, मध्यरातको चिसो नै भुले । डम्बर चतुर यो मानेमा जसरी आफ्नो शब्द सिरियश भए नि नचाउदै पोख्न सक्छ्न ।

    उनले आफना पुराना गित मात्र हैन चाडै बजार आउन लागेको नयाँ गित किनकी मेरो सुइटर फाटेको थियो नि पस्किए, अनि लिए दर्सक बाट कस्तो छ गितको प्रतिक्रिया । दर्सकले भने दामी छ, दामी यो गितले अब बजार खायो खायो ।

    कार्यक्रमको मध्यभागमा डम्बरले म मान्छे नेपाली, बिग्रेको मान्छे म लगायत गित गाएर मनोरञ्जन दिलाए ।

    डम्बरले स्टेजबाट बिदा हुने बेलामा जसरी अगि नचाए थिए, अन्त्यमा भावुक बनाए, गाए

    मेरो जीवन बाट जाने भए जाउ तर अन्तिम पल्ट भेट्न आउ ।

    रात छिप्पिसकेको थियो घडिले ११ नाघिसकेको थियो, दर्सकको साङ्गितिक डाेज पुगेकै थिएन अझै अझै भन्दै वान्स मोर आइरह्यो,तर आयोजकलाई अबेर भै सकेको बुजेर डम्बर अब अर्को पटक भन्दै मन्च बाट बिदा लिए ।
    कार्यक्रममा हास्य कलाकार पुजन दास लगायत स्थानिय कलाकारले आफ्नो प्रस्तुति बाट मनोरञ्जन दिलाएका थिए ।

    तस्बिर laxmi kumar tamang

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…