• उर्लाबारी । लकडाउन उल्लघन गर्नेलाई भाटे कार्यवाहीमा सडकमा उत्रीएका उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको दैनिकी सडकमै बित्ने गरेको छ ।

    लकडाउनको करिव दुई महिनाको अवधीमा उनको अधिकांश समय सडकमै कोरोनो भाईरस नियन्त्रण, रोकथाम र राहत व्यवस्थापनमा बित्ने गरेको हो ।

    नगर प्रमुख फागो झापा दमक सगँको सिमाना जोडीएको नगरको पुर्वी क्षेत्रको मावा खोला, पथरीशनिश्चरेको सुनझोडा र दक्षिणीतर्फको नगरपालकिा रतुवामाईका सिमानामा स्थापना गरीएको स्वस्थ्यकर्मी सहितको चेकपोष्टमा प्राय : बिहान ३ बजे पुगेर राती अवेर सम्म आफै सवारी चेकजाच“ तथा नियन्त्रण अभियानमा सकृय बन्दै आएका छन भने त्यस वाहेकको समयमा नगरमा स्थापना गरेको कोरोना कोषलाई दव्रिलो बनाउन अभियानमा सहयोगी दाताहरुको खोजी र कोरोना नियन्त्रणको परामर्शमा दैनिकी बित्ने गरेको छ ।

    नगरपालिकाले स्थापना गरेको ५० लाखको राहत कोषमा नगरका जनप्रतिनिधीले एक महिनाको सेवा सुविधा दिने निर्णय गरेपनि नगर प्रमुख फागोले निम्नतम ३ महिना र परिस्थिती अनुसार थप केही महिनाको सेवा सुविधा दिने घोषणा समेत गरेका छन । हाल सम्म नगरको उक्त कोष करिब ९० लाख र खर्च ४५ लाख भईसकेको अवस्थामा सक्रमण फैलिएर लकडाउन अवधी थप भएमा कोरोना रोकथाम र विपन्न परिवारको राहतको लागि रकम अभाव हुने भएकोले सहयोग संकलन गर्ने अभियानमा लागेको बताएका छन ।

    चालु आर्थीक बर्षको ६ महिना आपसी दन्द्धको लकडाउनमा परेको नगरपालिकाले लक्ष्य अनुसार बिकास निर्माणका कार्य संम्पादन हुन नसकेको बताउदै नगर प्रमुख फागोले अहिलेको अवस्थमा बिकास निर्माणका कार्यलाई भन्दा पनि कोरोनो नियन्त्रण गरी नगरबासीको ज्यानको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य आवश्यकता भएकोे बताउदै आएका छन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…