• काठमाडौं, असार १३ गते । कृषि तथा बोट विरुवाका लागि निकै घातक मानिएको सलह कीरा जस्तै देखिने कीरा तराइका केही जिल्लामा भेटिए पछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधि टोली खटाएर अध्ययन शुरु गरेको छ ।
    मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बारा पर्सा लगायतका जिल्लाबाट सलहजस्तै कीरा देखापरेको भन्ने कृषकबाट रिपोर्ट आए पछि अहिले मन्त्रालयबाट चार जना प्राविधिकको टोली त्यस क्षेत्रमा पठाएको र उहाँहरुको रिपोर्ट आए पछि हो होइन आधिकारिक रुपमा सार्वजनिक गरिने बताउनुभयो ।
    यस्तै प्रदेश २ का भूमि व्यबस्था, कृषि सहकारीमन्त्री शैलेन्द साहले पनि किसानबाट सहल जस्तै कीरा देखा परेको खबर गेर पछि मन्त्रालयले प्राविधिक टोली त्यसतर्फ पठाएको र उनीहरुको रिपोट आए पछि मात्र एकीन गर्न सकिने बताउनुभयो ।
    अफ्रिकी मुलुकमा ठूलो संकटका रुपमा लिइएको सहलय छिमेकी देश भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखा परेका कारण नेपालमा पनि यो कीराको प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो ।
    ठूलो समूहमा आउने यो कीराले पूरै बालीनाली तथा बोट विरुवा सखाप पर्ने भएकाले यसले कृषि र पर्यावरणमा नराम्रो असर पार्ने बताइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…