• ग्याल्जेन दोर्जी तामाङले म्युजिक बनाएको भिडियो हेर्नलाई यहाँ किलिक गर्नु होला ।



    बुधबार १७ भदौ, २०७७

    काठमाण्डौ । ग्याल्जेन दोर्जी तामाङले म्युजिक भिडियोमा देशको झण्डा जलाएपछि मंगोल नेसनल अर्गनाइजेसनले नेपाललाई इसाई राज्य बनाउने चर्चा पुन दोहोरिएको छ ।

    ग्याल्जेन तामाङले म्युजिक भिडियो मार्फत नेपालको झण्डा जलाउनुको साथै र्‍याप मार्फत “क्षेत्री बाहुन शरणार्थी” हुन भन्दै गाली गलैज गरेका छन । यो भिडियो सार्बजनिक भए लगतै तामाङको टिमलाई प्रहरीले पक्रेर कार्बाही चलाएको छ ।

    त्यसैगरी भाद्र १० गते गोरु काटेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिकुल आलम प्रहरीको गोलि लागि मृत्यु भएकै बेला मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ)ले नेपाललाई इसाई करण गर्ने भनिएको बिषय केही अनलाइन र सामाजिक संजालहरुमा चर्चा दोहोरिएको हो ।


    मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) सस्थापक नेता डा. गोपाल गुरुङको निधनपछि यो संगठनमा बिभाजन आएर दुईवटा भएको छ ।

    बुद्धलाल मेचे (मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ)ले एउटा समुहको नेतृत्व र बिरलाल राई (“मंगोल नेसनल अर्गनाइजेसन डा. गोपाल गुरुङ”)ले अर्को समुहको नेतृत्व गर्दै आएका छन ।

    संगठन दुईवटा भएपनि ग्याल्जेन तामाङले झण्डा जलाएरको बिषयमा पार्टीको धारणा भने एउटै रहेको पाइयो ।

    मंगोल नेसनल अर्गनाइजेसन डा. गोपाल गुरुङको केन्द्रीय संयोजक बिरलाल राईले फोन सम्पर्कमा नेपालको झण्डाले सबैको प्रतिनिधित्व गर्न नसकेको कारण जनाउदै तामाङले ठीक गरेको प्रतिक्रिया दिए । उनले झण्डा जलाएको भन्दापनि शरणार्थी भनिएकोमा शासकहरु आक्रोशित भएको बताए ।

    यसैबेला मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) ३ नम्बर प्रदेश इञ्चार्ज डेबिट तामाङको नाममा आएको पर्चाले फेरि चर्चा पएको छ । पर्चामा ‘सन् २०२५ सम्म नेपाललाई इसाई राज्य बनाउने भन्दै हिन्दुवादी संघसंस्था हरुलाई धम्क्याइएको थियो ।

    तर यो बिषय नयाँ होइन । २०७४ चैत्र ८ गते प्रकाशित यो पर्चालाई खोजेर केही अनलाइन र सामाजिक संजालमा नयाँ जस्तो गरि ल्याएर चार्चाको बिषय बनाइएको पाइएको छ ।

    समाचार र फेसबुक सन्जालमा पुरानै पर्चा पुन पोष्ट भएपनि मिति भने पुरानै रहेको पाइएको छ ।

    नेपाललाई सन २०२५ सम्ममा इसाइ राज्य बनाउने बारेको पर्चा बारे मंगोल नेसनल अर्गनाइजेसन डा. गोपाल गुरुङको केन्द्रीय संयोजक बिरलाल राईले हिन्दू धार्मिक नेता श्रीनिवास आचार्यको डिजाइनमा प्रकाशन गरेको पहिले नै पुष्टि भइसकेको बताए ।

    त्यो बेला सुनसरी बराह नगरपालिका-६ चक्रघट्टीस्थित लक्ष्मी बेङ्कटेस आश्रममा बस्दै आएका २४ वर्षीय आचार्यमाथि २०७५ चैत्र २५ गते बिराटनगरमा गोली प्रहार भएको थियो ।

    प्रहरी नियन्त्रणमा परेका गोलि प्रहार गर्ने दुई जनाको बयानको आधारमा
    आचार्य आफैले धार्मिक हिंसा फैलाउने उदेश्यले आफ्नै कार्यकर्ता प्रयोग गरि आफ्नै हातमा गोलि हान्न लगाएको तर मिस्टेकले छातिमा लागेको प्रहरी अनुशासनबाट खुलेको थियो । यद्यपि छातिमा गोलि लागेपनी उनको उपचार संभव भयो ।

    एमएनओ डा. गुरुङ नेतृत्वको संयोजक बिरलाल राईले इसाई राज्य निर्माण गर्ने नक्कली पर्चा श्रीनिवास आचार्यले नै निकालेको राज्यको हरेक निकाएलाई थाहा रहेको बताए ।

    एमएनओले २०६४ सालमा आफ्नै नेतृत्वमा तत्कालीन संबैधानिक समितिको संयोजक निलाम्बर आचार्यलाई नेपालको बर्तमान झण्डा राजा, महाराजाहरुले बनाएकोले सबैलाई समेट्न नसकेकोले फेर्न सुझाब पत्र बुझाएको राईले बताए ।

    नयाँ झण्डाको प्रस्तावित नमूना र राष्ट्रिय जनावर कस्तुरी राख्नु पर्ने सुझाव सुनुवाइ नभएको कारण देशमा समस्या थपिन्दै गएको संयोजक राईको भनाइ छ ।

    एकल आर्य जतीय, हिन्दू धार्मिक राज्य नयाँ युवाहरुले सहन नसक्ने भएकोले त्यही स्वरुप ग्यल्जेन दोर्जी तामाङ जस्ता युबाहरु बढ्दै जाने राईको भनाई थियो । आफ्नो समुहको ३८ जिल्लामा संगठन रहेको जनाउदै तामाङको भिडियो काण्डलाई आफूहरुले समर्थन गर्ने राईले बताए ।

    आफूहरु शान्तिपूर्ण रुपमा संगठन बिस्तार र युवाहरुलाई प्रशिक्षण गर्दै आएको समेत राईले बताए । सबैले अपनत्व हुने राज्य ब्यबस्था कायम नभए नेपालमा दुर्भाग्य हुनसक्ने बिरलाल राईको चेतावनी छ ।

    facebook sharing button

    messenger sharing button

    pinterest sharing button

    twitter sharing button

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…