• डम्बर सिन्चिउरी/रातोकलम
    जाँते ५ असोज- यहि असोज तिन गते शनिबार विहान मोरङ्गको लेटाङ्ग नौं जाँतेमा विद्युत सर्ट भई दुई तले काठको घरमा आगलागी हुँदा गाँस-बास गुमाएका अग्नि पिडितलाई परिवारलाई सहयोग गर्ने क्रम बढ्दै गईरहेको छ ।

    यसरी अग्निपिडित परिवारलाई सहयोग गर्ने क्रम शनिबार बाटै शुरु भए पनि आईतबार भने एकै दिनमा झण्डै ५० हजार बढिको सहयोग प्राप्त भएको धनबहादुरका कान्छा छोरा दिनेश राईले जनाए ।

    उनका अनुसार आगोलागेकै दिन स्थानिय वडाकार्लयको तर्फबाट दुई सेट ग्याँस सिलिण्डर र चुल्हो , दुई परिवारका आठ जना परिवार सदस्यलाई लगाउने लुगा दुवै परिवारलाई पुग्ने भान्सामा प्रयोग हुने भाँडाकुँडा , ओड्ने ओछ्याउने र चामल साथै केही अन्य खाध्य सामाग्रिहरु प्राप्त भएको थियो । यसैगरी सोही दिन देखि छरछिमेकीहरुबाट पनि केही नगद देखि खाद्य सामाग्रीहरु प्राप्त भैरहेको छ । साथै भोलिपल्ट आईतबारको विहानै देखि भने सहयोग गर्नेहरुको क्रम बढ्दै गएको धनबहादुरका अर्का छोरा नविनले बताए ।

    यसरी सहयोग प्रदान गर्नेहरुमा चर्चित समाज सेवी भिम पौडेलले २५ किलो चामल सँगै ओड्ने ओछ्याउने , स्थानिय कमल राईले ५ हजार ५ सय नगद र २५ किलो चामल र भाँकुँडा , टंक राईले ५ हजार नगद र चामल प्रदान गरेका छन् । यसैगरी हाल कतार मुलकमा रहेका स्थानिय पदम धमालले नगद रु १० हजार ५ सय पठाएका छन् ।

    साथै हाल कतारमै रहेका स्थानिय बद्री सुब्बाले पनि नेपनालमा रहेका आफ्ना भाइ चन्द्र सुब्बा मार्फत नगद १० हजार ५ रुपैंया सहयोग प्रदान गर्नुभएको अग्नि पिडत नवीनले जनाए । साथै पिडित राई परिवारले बन्दाबन्दिका कारण मारमा परेकै बेला चाडबाडको मुखमा घर आगलागि भएर आफुहरु विचल्लिमा परेकाले आगामि दिनमा पनि अन्य सहयोगि हातहारु हाम्रा लागि जुट्नु हुनेछ भन्ने आफुहरुले ठूलो अपेक्षा राखेको जनाएका छन् ।

    विहान घरमा केटाकेटी मात्र भएको समयमा विद्युत सर्ट भई लागेको आगो बाट स्थानिय धनबहादुर राईको घरमा आगलागीहुदा अन्दाजी ५० लाख बराबरको क्ष्यति भएको थियो । आगोले आफुहरु घर बाहिर खेतिको काममा जाँदा लगाएको लुगा बाहेक सम्पुर्ण सामाग्री जलेर नष्ट भएको धन बहादुरका कान्छा छोरा दिनेशले बताएका छन् ।

    उक्त घरमा बुवा धनबहादुर राई छुट्टिएर अलग्गै बस्न थाले पछि छोरहरु नवीन र दिनेश को परिवार अलग अलग भान्सा बनाएर खाने गर्थे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…