• अर्जुन जम्नेली राई

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयियोगिताको फाइनलमा यलम्बर र नबोदय फुटबल क्लब भिड्ने भएको छ ।



    बिहिबार भएको पहिलो सेमि फाइनल खेलमा
    आयोजक पथरी बिशाल युथ क्लबलाई १-३ गोल अन्तरले पराजित गर्दै यलम्बर फुटबल क्लब फाइनलमा प्रबेश गरेको हो ।

    यलम्बरको तर्फबाट तिर्थ बस्नेतले २ र अशोक खवासले १ गोल गरेका थिए । आयोजकको तर्फबाट शन्तोष गुरुङले मात्र एक गोल गरेका थिए ।

    दोस्रो सेमि फाइनल खेलमा बुद्ध युनाइटेट सोमबारेलाई १-० गोल अन्तरले पराजित गर्दै नबोदय फुटबल क्लब फाइनलमा प्रबेश गरेको हो ।

    नबोदयको लागि एक मात्र निर्णायक गोल अरुण लिम्बूले गरेका थिए । फाइनल खेल सुक्रबार पथरी रंगशाला जाँते मोडमा हुने आयोजक समितिको अध्यक्ष शन्तोष गुरुङले बताए ।

    खेल बिजेता र उप बिजेता टिलमालाई क्रमश ३० र १५ हजार नगद पुरस्कार प्रदान हुने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको दोस्रो चरणबाट ए डिभिजनमा खेल्ने राष्ट्रिय खेलाडिहरु प्रशस्त मैदानमा उत्रिदै आएका छन ।

    उपाधी नजिक पुगेको नबोदयको टिममा बिक्रम धिमाल, अभिषेक लिम्बू, काशिम राई, नवीन गुरुङ, छिरिङ तामाङ त्यसै गरि यलम्बर फुटबल टिममा तिर्थ बस्नेत, अशोक खबास,
    निरज बस्नेत लगायतका ए डिभिजन खेल्ने खेलाडीहरु मैदानमा उत्रिएका छन ।

    कोरोना भाइरसको कारण लामो लकडाउन र समाज त्यसमा पनि युवाहरुमा निरासा पैदा हुँदै गएको कारण थोरै भएपनी मनोरन्जन होस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको पथरी बिशाल युथ क्लबले जनाएको छ ।

    पूर्बी मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको २४ वटा टिम सहभागी रहेको खेल भदौ ५ गतेबाट सुरु भएको थियो ।



     

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …