• विजय धिमाल
    असोज १८ उर्लाबारी
    मोरङको उर्लाबारी नगरपालिका ९ मा अवस्थित श्री सार्वजनिम माबिमा लाखौ रकम अनियमितता र वर्ष पुग्दा समेत सात जना अस्थाई शिक्षक तथा कर्मचारीले तलब नपाएको खुल्नमा आएको छ ।
    गत साउन २२ गते समितिकै सदस्य अमर सेलिङबाट बिध्यालय प्रशाशन र व्यबस्थापन समितिबाट रकम अनिमितता र बेतिथि उब्जदै गएको भन्दै बिध्यालयको मुल गेटमा तालाबन्दी गरेका थिए । ताला लगाएको भोलि पल्टै बैठक बसी केही समस्या हल भयो तर पुराणमा उठेको लाखौँ रकमको हिसाब सार्वजनिक र निजि शिक्षक र कर्मचारीले तलव नपाएको यथावत नै रहेकाछ ।
    प्लस टु संचालन गर्ने भनि देउसीभैलो, चन्दा संकलन र पुराणमा उठेको रकम करिब १६ लाख १२ हजार कहाँ र कुन अस्थामा कस्ले चलाएको छ भन्ने बुझ्न खोज्दा एकले अर्कोलाई देखाउदै र्टार्ने गरिएको अमर सेलिङ बताउछन । थप्दै प्लस टु संचालन गर्ने भनि उठाइएको रकमको ब्याजबाट प्लस टु चलाउने भनिएपनि हाल आएर सो रकमबाट निजि कर्मचारी÷शिक्षकलाई तलव दिने सुन्नमा आएको छ, यस्तो पाराले प्लस टु चल्न सक्ला ?
    फोन सम्पर्कमा पुराणको रकम र निजि कर्मचारी÷शिक्षकको पउने पारिश्रमीक बुझ्दा पुराणको रकम पुरानो प्रअ लाईनै सबै थाहा हुनुपर्ने बताउदै हामी सार्वजनिक रुपमा अबको पाँच दिन भित्रमा काम गरीसक्ने बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङले जानकारी दिए । रकमकै करण ब्यवस्थापन समिति र पूर्व प्रअ टंकप्रसाद दुलाल बिच खटपट भएको देखिन्छ । हिसाब पारदर्शि नगरी ब्यवस्थापन समितिले प्रअलाई राजिनामा किन गराइयो ? यहाँ केही संखास्पद देखिन्छ ।
    रकमबारे पुराण आर्थिक समिति संयोजक ओम उप्रेति संग बुझ्दा जम्मा संकलित रकम १६ लाख १२ हजार खर्च ५ लाख ५९ हजार र उठ्नु पर्ने ३ लाख भएको बताउदै हाम्रो समितिले पटक पटक हिसाब र रकम पुराण मुल आयोजक समिति बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङलाई बुझाउन खोज्दा केही समय यथावत रहोस भन्ने गर्दै आएको र खर्चभई बचत रकम आर्थिक समितिमै रहेको जानकारी दिए । पुराणमा उठेको रकम दश महिना सम्म समतिमै रहनु कतिको जायज होला ? आब रकम हस्तान्तरण गर्दा बचत रकमको ब्याज आउला कि नआउला स्थानिय र सरोकारवालाहरुको जिज्ञासा रहेको अवस्था छ ।
    पूर्व प्रअ टंकप्रसाद दुलाल संग बुझ्दा म रहिन्जेल विध्ययालयले कुनै रकम नबुझेको यसबारे मलाई केही थाहा नभएको पुराण मुल आयोजक समिति र आर्थिक समितिलाई नै थाहा भएको जानकारी गराउदै आर्थिक वर्ष ७४÷७५ को विध्ययालयको रकम हिनामिना भयो भन्ने संखा छ तर जो कोही आएर हेर्दा हुन्छ हिसाब किलियर छ, मैले विध्ययालयबाट उल्टै दुई लाख पाउनुपर्ने देखिन्छ, पुराणको रकम व्यक्तिले नै चलाएको हुनुपर्ने संखाउपसंखा रहेको बताउदै, कुनै खाता वा बैंकमा हाल सम्म जम्मा नभएको र हाल आएर बहाना बनाई रहेको उनको ठम्याई रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…