• धरान, कात्तिक २२
    ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाको निर्माण तथा पूर्वेली गायिका सरिता राईको स्वर रहेको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    धरानस्थित नेपाल पत्रकार महासंघ, सुनसरीको सभाहलमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा प्रेम र रोदनलाई कलात्मक रुपमा समेटन खोजिएको छ भने आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई समेत समेटिएको पाईन्छ ।
    शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बु राईले सम्पादन तथा निर्देशन गरेको भिडियोमा गायिका सरिता राई, कृष्णकुमार राई र सविना लिम्बूले अभिनय गरेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, गायक गंगा बरदान, मिना श्रेष्ठ लगायतले म्यूजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा हाल हङकङकमा रहेका निर्माता क्रान्ति सुब्बाले पुराना गायक गंगा बरदानलाई १० हजार रूपैयाँ सहयोग गरेका थिए ।
    “नवप्रतिभाको संरक्षण, प्रवर्द्धन हाम्रो अभियान” भन्ने उदेश्यले गीतको म्यूजिक भिडियोको निर्माण गरिएका निर्माता हङकङभित्रका लेखक क्रान्ति सुब्बाले जानकारी गराउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…