• क्वालालम्पुर-
    मलेसियाको इपो पेराक क्षेत्रमा रहेको YTY industry कम्पनीमा कार्यरत आप्रवासी मजदुरहरुले बिहिबार देखि हडताल सुरु गरेका छ्न । नेपालि, बाङ्लादेसि ,म्यान्मार, भियतनाम र स्थानीय गरि करिब ७ हजार भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा बिहिबार बिहान बाट कामदारहरुले हडताल सुरु गरेका हुन।

    ग्लोब उत्पादन गर्ने YTY industry कम्पनीले कोभिड-१९ को महामारी का बीच पनि कामदारहरुले कम्पनी लाइ सघाउ पुर्याएको र उत्कृष्ट सेवा प्रदान गरेको भन्दै कम्पनीले हरेक कामदारलाइ बोनस स्वरुप २ महिनाको पारिश्रमिक बराबर को रकम उपलब्ध गराउने भन्दै सुचना जारि गरेको थियो। तर कम्पनी म्यानेज्मेण्टले मलेसियन कामदारहरु लाइ मात्रै उक्त बोनस रकम उपलब्ध गराएको तथ्य अन्य देशका मजदुरहरुले थाहा पाएपछी कम्पनीको उक्त कदमको बिरोधमा हड्ताल गरिएको बताइएको छ।

    कम्पनि प्रसासन तथा म्यानेजमेण्ट माथि रुस्ट हुदै कम्पनीको ओनर ले घोषणा गरिसकेको बोनस रकम स्थानीय कामदार लाइ मात्रै उपलब्ध गराएपछि करिब ३५०० नेपालि कामदार सहित अन्य देशका करिब ७ हजार बढी कामदारहरु एक साथ हडतालमा उत्रिएका हुन।

    रोजगारदाता कम्पनीले कामदारहरु सङ आज बिहानै छलफल मार्फत समस्या सुल्झाउने प्रयास गरे पनि हड्तालमा उत्रीएकामजदुरहरुले लिखित प्रतिबद्धता नदिए सम्म पुनः काममा नफर्किने अडान राखेका छन्, भने कम्पनीले पुनः सम्झौता गर्ने तयारी गरिरहेको कम्पनीमा काम गर्ने एक नेपालि कामदारले टेलिफोन सम्पर्कमा जानकारी दिएका हुन।

    सो कम्पनीमा कार्यरत नेपालि लगायत अन्य मुलुकका कामदारहरुले कम्पनिले लिखित रुपमा सुचना जारी गरे अनुसार दिइने भनिएको बोनस रकम दिने सम्झौतामा हस्ताक्षर नगरेसम्म हडताल जारि रहने बताएका छ्न । यता रोजगारदाता कम्पनि श्रोतका अनुसार डिसेम्बर ४ तारीख एक महिना बराबरको पारिश्रमिक मात्रै दिने सम्झौता कामदार हरुद्वारा अस्विकार गरेको भन्दै उक्त बिसयमा थप छलफल चलिरहेको र छिटै समस्या समाधान गर्ने बताएको छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…