free webpage hit counter भुसनको मरुभूमि बजारमा-भिडियो सहित - RatoKalam.com is No one news portal.

भुसनको मरुभूमि बजारमा-भिडियो सहित

भुसन राइको शब्द, संगीत र स्वरमा समावेश ‘मरुभूमी’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

गायकले यो गीतमा यूवकको जीवनमा यूवतीको आगमनपश्चात हुने परिवर्तनलाई उठान गरेका छन् । भिडियोमा मोडलद्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

अर्जुनले गीतको भाव अनुसार नै लोकेशन खोजिएको बताए । गीतको भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । निराजन र कविताको जोडी खुबै सुहाएको छ । कवितालाई गीतमा बोल्ड एवं ब्यूटी देखाइएको छ । यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । प्रेममा परेका वा नपरेका दुबै खालका यूवापुस्तालाई यो गीत मनपर्ने दाबी गायक भुसनको छ ।

अन्तरवार्ता

थप...