free webpage hit counter मंगलवार नक्क्ली सुन देखाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोङ्गबु क्षेत्रबाट पक्राउ गरेको छ । - RatoKalam.com is No one news portal.

मंगलवार नक्क्ली सुन देखाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोङ्गबु क्षेत्रबाट पक्राउ गरेको छ ।

काठमाडौं । चर्चित गायक डम्बर नेपाली प्रेममा बिछिडिएको पीडा भाव बोकेको गीत बढि गाउँछन् । यस्तै बिछिडिएको गीतमा शब्द संगीत र स्वर आफैं भर्दै अघि पनि बढे,डम्बर । ‘मेरो जिवनबाट जाने भए जाउँ’ले नेपाली गीतसंगीतका श्रोता दर्शकको मनमनमा बस्न सफल गायक नेपाली स्लो भर्सन देखी फाष्ट नम्बरका गीत पनि गाउँछन् ।

‘कि जंगे रेलमा’, ‘बिग्रेको मान्छे म’,‘पाउजु बजेर’ लगायतका फाष्ट नम्बरका रोमान्टिक गीत गाएर दर्शकलाई मन जितेका छन् । उनै गायक डम्बर र पर्शु गिरीको नयाँ गीत ‘प्या प्या झ्याम झ्याम’ ले अडियो गीतमै दर्शक श्रोताको मन जितिसकेको छ । डान्सिङ नम्बरको उक्त गीतले नेपाली परिवेश रिति तथा रहनसनलाई केलाएको छ । ‘प्या प्या झ्याम झ्याम झ्याम ,नाँच्छु बिहेमा घनश्याम’ हाँस्य,डान्सिङ र मेलोडी मिसिएको यो गीतको शब्द र म्युजिक रुपेश ढुङ्गनाको रहेको छ । गीतको रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

‘गायक डम्बर नेपालीको जति पनि गीत आउँछ त्यसमा फरक पन अनि भिन्न स्वाद हुन्छ, यो गीत पनि राम्रै रहेछ, हिट हुन्छ’, गीत सुन्नेहरुको प्रतिक्रिया यस्तै आउने गरेको छ । ‘साथीभाई तथा शुभेच्छुकहरुसँग मिलेर यो गीत बाहिर ल्याएका हौ,गायक नेपालीले भने‘प्रतिक्रिया दाम्मी आईरहेको छ । ’उक्त गीतको भिडियो आउने तयारीमा छ । गायक नेपालीले आफ्नो एकल नयाँ गीत पनि केहि दिन भित्रमै सार्वजनिक हुने बताए ।

अन्तरवार्ता

थप...