काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २३ गते हिन्दुराज्य घोषणा गर्नसक्ने ओली निकट नेताहरुले खुलासा गरेका छन ।
२३ गते ओली समुहले बाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतिनिधिसभा बिघटन पछि चुनावको तयारी बारे आफनो धारणा सार्वजनिक गर्न लागेको हो
।
सोही दिन प्रधानमन्त्री ओलीले मुलुकबाट धर्म निरेपक्ष राज्य खारेज गर्दै हिन्दु राज्य घोषणा गर्नसक्ने नेकपाका प्रचण्ड–माधव पक्षका नेता सुरेन्द्र पाण्डेले गरेका छन ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेको असंवैधानिक कदमको बिरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले निरन्तर आन्दोलन गरेर खवरदारी गरिरहेको छ ।
२३ गतेको कार्यक्रमा राजावादीहरुको ब्यापक उपस्थिति रहने अनुमान पनि भइरहेको छ ।
कार्यक्रम पनि नारायणहिटी दरवार संग्रहालयको दक्षिणी भागको सडकमा गर्न लागिएको छ । सभालाई प्रधानमन्त्री ओलीले बिहीवार संवोधन गर्ने कार्यक्रम रहेको छ ।