• मोरङ । प्रधानमन्त्री केपी ओलीले संविधान विपरित प्रतिगमनमा लागेको ठरहमा पुगेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालमा संयुक्त आन्दोलनको पक्षमा रहेको सो संगठनले जनएको छ । 

    संसद बिघटनको विरुद्धमा तत्काल विज्ञप्ति निकालेर विरोध जनाएको मञ्च यतिवेल संयुक्त जनआन्दोलनको पक्षमा रहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राष्ट्रिय मञ्चका महासचिव अशोच चेम्जोङले बताए । ओलीको प्रतिगमन विरुद्ध २०६२÷०६३ को जस्तै संयुक्त जनआन्दोलनको आवश्यकता रहेकोले मञ्च सो पहलमा लागेको चेम्जोङले बताए । 

    त्यसको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमाल लिङदेन नेकपा प्रचण्ड—नेपाल पक्ष र जनता समाजवादी पार्टीसँग छलफल गर्न काठमाडौंमा रहेको महासचिव चेम्जोङले बताए । 

    नेकपा, कांगेस लगायतका पार्टीहरुले एक्ला एक्लै शक्ति प्रदर्शन र दाउपेचको राजनीतिले केही नहुने मञ्चको ठहर रहेकोले संयुक्त अन्दोलन आवश्यक रहेको सो संगठनले जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ नम्बर प्रदेश सभामा एक जना समानुपातिक सांसद रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…