• उर्लाबारी । नेपाल  विद्यार्थी संघ उर्लाबारी बुहुमुखी क्याम्पस इकाई समितिले १० बुदे क्याम्पस  सुधारको माग गर्दै क्यापसलाई ज्ञापनपत्र बुझाएको छ ।  नेपाल बिद्यार्थी संघ उर्लाबारी बहुमुखीका सभापति सुजित जैसवालको नेतृत्वम क्याम्सप प्रमुख बोधराज भट्टराईलाई १० दिने अल्टिकेटम सहित माग पत्र बुझाईएको हो ।  कोरोना भाईरसका कारण लकडाउन भएको अवधिमा शैक्षिक कार्यक्रम बन्द भएको अवस्थाको माशिक शैक्षिक  शुल्क र क्याम्पस बसको शुल्क अविलम्ब फिर्ता गरिनुपर्ने,  डिजिटल प्रविधिको विद्यार्थी परिचय पत्र र पुस्तकालय परिचयपत्र अविलम्ब वितरण गरिनुपर्ने, क्याम्पसको चमेनागृह तत्काल संचालनमा ल्याउनुपर्ने ज्ञापन पत्रमा जनाईएको छ । 


    यस्तै पुस्तकालयमा एक विधार्थी एक सेट पुस्तक उपलब्ध गराउनुपर्ने,खेल खेलौ स्वास्थ्य रहौ भनि विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नुपर्ने, क्यापसको प्रवेशद्वार गेट चाँडो भन्दा चाँडो बनाईनुपर्ने, ईन्टरनेट तथा अनलाईन लाईब्रेरी जोस्टरको व्यवस्था गरिनुपर्ने समेत माग राखिएको छ । 
    यस्तै, शैक्षिक सरोकार तथा विद्यार्थीसंग प्रत्यक्ष जोडिने विभिन्न तालिमहरु संचालन गर्नुपर्ने, शुद्द खानेपानीको प्रवन्द्ध तथा वासरुम रशौचालय लाई व्यब्यस्थित गरिनुपर्ने,  क्याम्पसको शैक्षिक भवनमा लेखिएको क्यापसको नेमप्लेट पुन रंगरोगन गरि तत्काल निर्माण गरिनुपर्ने समेत माग राखिएको र माग पुरा नभए आन्दोलित हुने जैसवालले बताए । उनले भने, ज्ञापनपत्रमा १० दिने अल्टिमेटम दिएका छौ । क्याम्पस प्रसाशनले हाम्रो मागलाई सकारात्मक रुपमा लिएको छ । 

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…