• काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले चर्को नारावाजी  गर्दै प्रदर्शन गरेका थिए । 

    ‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई’ भन्ने नारा लगाएका थिए । 

     यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोप सरकारी पक्षको छ । 

    पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ हो झाँक्रीको कथन थियो  । 

    ‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’, 

    उनले भनिन्, ‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’   उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।  

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…