• काठमाडौं,११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् । नेकपा माओवादी केन्द्रले एमालेसँगको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेको भन्दै कारबाही गरेका नेता गोपाल किरातीले उल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरिएको भन्दै विज्ञप्ति जारी गरेका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले प्रचण्डसहितका नेतालाई ‘दाहाल एण्ड कम्पनी’ को संज्ञा दिँदै उनीहरु माओवादी केन्द्रमा नरहेको दाबी गरेका छन् ।

    किरातीले ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग दाहाल एण्ड कम्पनीले ‘कथित कारबाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद दिने बताए ।

    उक्त कारबाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारबाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनीमा निहित एकमनवादको पराकाष्ठा समेत भएको टिप्पणी उनको छ ।

    बिहीबार माओवादी केन्द्र पार्टीबाट कारवाहीमा परेका माओवादी नेता गोपाल किरातीले आफूलाई दाहाल एण्ड कम्पनीले कारबाही गरेको भन्दै आफू माओवादीमै रहेको दाबी गरेका छन् ।

    माओवादी केन्द्रमा दाहाल एण्ड कम्पनी नरहेको किरातीको तर्क छ । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)सँग एकता गर्न सात बुँदे सहमति गरे पछि माओवादी केन्द्रको पुनर्गठनको आह्वान तीन नेताले गरेका थिए ।

    बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले किरातीसहित विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको थियो ।

    शुक्रबार विज्ञप्ति जारी गर्दै किरातीले कारवाहीलाई ’कथित कारवाही’को संज्ञा दिँदै माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारवाहीको संज्ञा दिएका हुन् ।

    सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा ९माओवादी केन्द्र० पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ,’ माओवादी केन्द्रको संयोजकको हैसियतमा जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ, ’किनकी उक्त कारवाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारवाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो ।’

    माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप भएको किरातीको चेतावनी छ । ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो,’ विज्ञप्तिमा भनिएको छ ।

    उनले अध्यक्ष प्रचण्डलाई नै माओवादी केन्द्रमा नरहेको दाबी गर्दै एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्डा उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई आग्रह गरेका छन् ।

    विज्ञप्ति–
    सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ । किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो । माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।



    अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो । यसैसाथ एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।

    गोपाल किराती
    संयोजक, नेकपा (माओवादी केन्द्र)

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…