कोरिया । नेकपा प्रचण्ड–माधव पक्षसम्बद्द प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमनबिरुद्ध बिरोध कार्यक्रम आयोजना गरेको हो ।
फागुन १ गतेका दिन बुसान क्षेत्रले २६ औँ ऐतिहासिक जनयुद्द दिवसको अवसर पारेर शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमका सम्पूर्ण वक्ताहरुले जनयुद्धको जगमा स्थापित भएको पछिल्ला सम्पूर्ण राजनीतिक उपलब्धीहरुलाई हर हालतमा रक्षा गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा विभिन्न विभागका इन्चार्जसहित क्षेत्रीय कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो ।