काठमाडौं, ११ फागुन । राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि बिधेयक साँढे दुई महिना रोक्ने राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनित गर्न सरकारले गरेको सिफारिसलाई आलटाल गरेर राखिन र नयाँ सरकार आउना साथ भएको दोश्रो सिफारिसलाई तत्काल सदर गरिदिइन् ।
यो विषयलाई कांग्रेसले गम्भीर मानेको छ र राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्ध यस्तै हुन्छ भनेर व्यङ्गवाण हानेको छ ।
हुन पनि राष्ट्रपति विद्या देवी भण्डारीले एमालेको निर्देशनमा काम गरिरहेको व्यवहारले पुष्ट्याइ गरेको छ ।
यो शैली रकमी शैली हो ।
पहिलेका राष्ट्रपति कटवाल काण्डमा बदनाम भए, अहिलेका राष्ट्रपति अध्यादेश र मनोनित काण्डमा । दुबैले आफ्नो इमान कायम राख्न सकेनन् । दुबैले परिपक्वता र राष्ट्रपति राष्ट्रको हुन्छ भनेर प्रमाणिक हुन सकेनन् ।