• प्रगतिवादी कवि नरेश शाक्यद्वारा लिखित ‘सम्बोधि’ लघुकविता सङ्ग्रह सार्वजानिक भएको छ  । नेपाल रुसी साहित्य र नेपाल रुसी विज्ञान प्रतिष्ठानद्वारा  संयुक्त रुपमा हालै आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र  प्रगतिवादी कवि एवं नाट्यसंगीतका प्राज्ञ मञ्जुलले कृतिको सार्वजानिक गर्दै कृतिले समसामयिक विषयलाई उजागर गरेको बताउनुभयो । 
        
        उहाँहरुले लेखक शाक्यका साहित्यिक जीवन, दर्शन तथा साँस्कृतिक अभियानका रुपमा चर्चा गर्नुभएको थियो ।  वरिष्ठ कवि वैरागी जेठाले पुस्तकका बारेमा टिप्पणी गर्नुभएको थियो ।  प्रा. जंगव चौहानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  रसियन कल्चरका उपमहार्निदेशक अलेक्सेइ कोतल्यारोभ,  प्राडा हरिप्रसाद  सिलवाल,  साहित्यकारद्वय विष्णुबहादुर सिंह  र चन्द्रकान्त आचार्य कवि शाक्यका कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । ––

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…