• आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ । वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास  डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको जनाएको छ । विसं २०७२ का स्थापना भएको सो कार्यालयले  हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा  एक हजार ५०० स्यालोट्युवेल जडान गरेको छ । 

        कार्यालय स्थापना भएको हालसम्ममा रौतहटमा ४१ वटा डिपबोरिङ र एक हजार स्यालोट्युवेल जडान गरी सिँचाइ सुविधा पु¥याएको छ । जमीनमा पानीको लियर निकै तल गइसकेकाले धेरै तल गएर पानी निकाल्नुपर्ने अवस्था रहेको सो कार्यालयका इन्जिनीयर मनोज खतिवडाले जानकारी दिनुभयो । जसका कारण विगतको तुलनामा जडान खर्च पढेको छ । सामान्यतः एउटा डिपबोरिङ जडान गर्न रु एक करोड २५ लाख तथा एउटा स्यालोट्युवेल निर्माण गर्न रु एक लाखको खर्च लाग्ने गरेको उहाँको भनाइ छ ।

        लालबन्दी नगरपालिकाको हिरापुरमा रु एक करोडको लागतमा डिपबोरिङ जडान शुरु भएको छ । त्यहाँको किसानकोे मागका आधारमा डिपबोरिङ जडान गर्न लागिएको खतिवडाले भन्नुभयो । लालबन्दी तरकारी खेतीका लागि जोन भए पनि पानीको अभाव रहेकाले वर्षभरि खेतीका लागि डिपबोरिङ जडानले त्यहाँको किसानमा खुशी छाएको लालबन्दी नगरपालिकाका–११ का वडाध्यक्ष दीपक लामाले बताउनुभयो । यो कार्यालय अहिले प्रदेश नं २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पर्छ । सर्लाहीको दक्षिण पचिम क्षेत्रमा पनि सिँचाइको व्यवस्था नरहेकाले त्यहाँ पनि डिपबोरिङ र स्यालोट्युवले जडान गर्नुपर्ने वलरा नगरपालिका–४ का वडाध्यक्ष केशव झाको भनाइ छ । उपभोक्ता समिति बनाएर उक्त डिप र स्यालोट्युवेलको निर्माण हुनेछ ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …