• पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो ।
     
        जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करीब ४ः३५ बजेको समयमा रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना६ख १४६० नंको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिण मरेको हो ।
     
        घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका–१ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…