• विराटनगर महानगरपालिकाले विपद्् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् । 

        पोर्टलमा गएका छ महिनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटनाका विवरण तथा न्यूनीकरणका लागि स्थानीयवासीका सल्लाह र सुुझाव समावेश गर्ने व्यवस्था मिलाइएको छ । पोर्टलमा आगलागी, बाढी, भूकम्प, दुुर्घटना, प्रदूषण तथा भूक्षयजस्ता गरी ४९ प्रकारका विपद्का घटना कहिले ? कुुन ठाउँमा भयो ? भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।

        महानगर प्रमुुख भीम पराजुुुलीले पोर्टलको शुुभारम्भ कार्यक्रममा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि उपयोगी हुुने बताउँदै नगरमा यस कार्यका लागि प्रत्येक वडामा समिति गठन गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी बनाउने भन्ने विषय सबैको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । 

        गृहमन्त्रालयको संयोजनमा ११ वटा मन्त्रालय र विभागको सहकार्यमा सञ्चालनमा ल्याइएको सो प्रणाली महानगरले विधिवत्रुपमा शुुभारम्भ गरेको नगर विपद् व्यवस्थापन सम्पर्क अधिकृत राजेन्द्र प्रधानले जानकारी दिनुभयो । पोर्टल विज्ञ प्रदीप खतिवडा तथा महानरपालिकाका सूचना शाखा अधिकृत अर्चना कर्णले पार्टलको प्रभावकारिता र यसले गर्ने कार्यका सम्बन्धमा जानकारी दिनुुभएको थियो ।

सम्वन्धित समाचार

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…