•  

    उर्लाबारी । हात खुट्टा चल्न छोडेर थलिएका मोरङ उर्लाबारी—९ का शुक्रराज याक्सोको उपचारका लागि दक्षिण कोरियामा रहेका युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ । दक्षिण कोरियमा रहेका उर्लाबारी—९ भोटेपुलका देबेन्द्र खतिवडाको अगुवाई आफु र नेपाली दाजुभाईबाट नगद ६२ हजार ६ सय ५१ रुपैंया आर्थिक सहयोग गरिएको हो । उक्त रकम शुक्रराजलाई उनकै घरमा पुगेर समाजसेवी लोलिम पोमले हस्तान्तरण गरे ।

    उनले सहयोगी दातालाई धन्यवाद तथा उपचारमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गरिरहेको बताए । राजघाट समूह, दक्षिण कोरिया नाम दिएर देबेन्द्र खतिवडा सहित युना हाङ सुब्बा(सस्टिका),दिपक पौडेल,योगराज रानामगर ,देवेन्द्र खतिवडा,समीर सिम्बू(देउवा),ललित सिम्बू ,सुबास तामाङ, बिरोज सुब्बा ,आभास राई,सन्जय धिमाल,पुर्ण निरौला, अशोक पौडेल ,हेम चापागाईं ,लक्ष्मण गौतम र सेवन लिम्बू उक्त रकम सहयोग गरेका हुन ।

    शुक्रराजको समस्याबारे समाजिक सञ्जालमा देखेपछि आफ्नो गाउँको समाजको दुखपिडालाई आफ्नै पीडा सम्झेर सहयोग गरिएको देबेन्द्रले बताए। हस्तान्तरण कार्यक्रममा स्थानीय हेमन्त पौडेल,कैलाश थापा मगर,खगेन्द्र खतिवडा,सञ्चारकर्मी तेजन खड्का लगायतको उपस्थिती रहेको थियो । यसैगरी, उर्लाबारी भोटेपूल हाल दुवईमा रहेका सुर्य विकले पनि शुक्रराजको उपचारका लागि नगद ५ हजार सहयोग गर्नुभएको बिरामी दाई आइतराज याक्सोले जानकारी दिए । विदेशबाट उपचारमा सहयोग जुट्न थालेपछि उपचारत शुक्रराजको स्वास्थ्यमा सुधार आईरहेको छ ।

सम्वन्धित समाचार

रामेछाप । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ । शुक्रबार सिन्धुल…

काठमाडौ । आफूलाई प्रहरी भन्दै सर्व साधारण लाई डर–त्रास देखाएर पैसा असुल्ने एक युवकलाई मोरङ प्रहरीले…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा फरार रहेकी  नेकपा माओवादी नेतृ पक्राउ परेकी छन्। ६१ किलो सुन …

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न…