• उर्लाबारी, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज उर्लाबारी आउँदै हुनुहुनछ । सन्थाल जातीको एकिकृत बस्तीको शिलान्यास गर्न उहाँ उर्लाबारी आउन लाग्नुभएको हो । 
     प्रधानमन्त्री ओली झापामा अस्पताल उद्घाटनपछि सन्थाल वस्तीको शिलान्यासका लागि उर्लाबारी आउन लाग्नुभएको हो ।

    सहरी विकास मन्त्रालयले उर्लाबारी नगरपालिकासँगको समन्वयमा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने योजनाअनुसार प्रधानमन्त्री ओलीले वस्तीको शिलान्यास गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओली उर्लाबारी आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

    उर्लाबारी–९ को रातेहोली क्षेत्रमा सन्थाल समुदायका लागि १३२ घर निर्माण गरिने उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीले बताउनुभयो । उहाँका अनुसार घडेरी भएकाहरुलाई घडेरी भएकै स्थानमा थप २६ घर निर्माण गरिने छ । सहरी विकास मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो ।

    प्रधानमन्त्री ओली बिहान यती एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थल आउनुहुनेछ । झापाको बिर्तामोडमा निर्माण भएको पूर्वाञ्चल क्यान्सर अस्पतालको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, शहरी विकास मन्त्री प्रभु साह, भूमि व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतको टोली रहने बताईएको छ । 

    शहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गर्नुभएको थियो

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…